Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

इच्छाकामना न्युज

२६, श्रावण २०८३
लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनिया टोलस्थित लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका छन्। मंगलबार दिउँसो करिब २ बजे नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा स्थानीय तीन बालबालिका डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

images
सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरि अधिकारीका अनुसार बेपत्ता हुनेमा देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनिया बस्ने शेख कमरे आलमका करिब १० वर्षीय छोरा मोहम्मद रमतुल्लाह, सोही ठाउँका शेख खुर्सैदकी करिब १० वर्षीया छोरी रौशन खातुन र शेख ओसि अख्तरकी करिब १० वर्षीया छोरी सवनम खातुन रहेका छन्।
 
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमान्डमा नौ जनाको टोली घटनास्थल पुगेको थियो। त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस देवाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको कमान्डमा सात जनाको टोलीसमेत खोजी कार्यमा परिचालन भएको प्रहरीले जनाएको छ।
 
बेपत्ता बालबालिकाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भीमबहादुर पुनको कमान्डमा नौ जनाको डुबान उद्धार टोली रबर बोर्डसहित घटनास्थल पुगेको छ। हाल नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले लाल बकैया नदीमा बेपत्ता बालबालिकाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी वसन्त गौतमले बताएका छन्। घटनास्थल इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट करिब ६ किलोमिटर दक्षिणतर्फ पर्छ।

images
प्रकाशित मिति :श्रावण २६, २०८३ मंगलवार - १६:२१:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology