Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो : शशांक कोइराला

कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो : शशांक कोइराला

इच्छाकामना न्युज

२९, श्रावण २०८३
कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो : शशांक कोइराला
images

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउन आफूले पहल गरिरहेको बताएका छन् ।नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै कोइरालाले कांग्रेस एकजुट भए कसैले पनि पराजित गर्न नसक्ने दाबी गरे । पार्टीलाई एकताबद्ध बनाउनु भेलाको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो ।

images
images

‘यो भेला किन आयोजना गर्नुपर्यो भने कांग्रेसलाई एकजुट बनाउनलाई हो । यो मेरो कर्तव्य हो । पार्टी एकजुट भएको खण्डमा कांग्रेसलाई कसैले पनि पराजय गर्न सक्दैन। त्यसैले यसको मुख्य उद्देश्य यही हो,’ उनले भने । कोइरालाले निर्वतमान कांग्रेस सभापति शेरबहादुर देउवासँगको आफ्नो पुरानो सम्बन्ध र राजनीतिक यात्राका केही प्रसंगसमेत सुनाए । उनले तत्कालीन समयमा देउवा बनारस आउँदा आफूलाई घुमाउने जिम्मेवारी दिइएको स्मरण गरे ।

उनका अनुसार देउवालाई आफूले के गर्न चाहनुहुन्छ भनेर सोध्दा उनले सिनेमा हेर्न चाहेको बताएका थिए । त्यस दिन आफूहरू तीनवटा सिनेमा हेर्न गएको कोइरालाले बताए । उनले देउवा बेलायतमा रहेका बेला आफूले फोन गरेर नेपालमा परिवर्तन भइरहेको भन्दै स्वदेश फर्किन आग्रह गरेको पनि स्मरण गरे । त्यसपछि देउवा नेपाल फर्किएको र पछि प्रधानमन्त्री बनेको उनले बताए ।

‘मलाई के लाग्छ भने शेरबहादुर देउवाजीको भाग्य राम्रो छ, आउनेबित्तिकै प्रधानमन्त्री पनि बन्नुभयो,’ कोइरालाले भने ।उनले राष्ट्रिय भेलामा सहभागी सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रम व्यवस्थापनका क्रममा भएका कमजोरीका लागि क्षमा मागे ।

सबैको सहभागिताले आफू खुसी भएको बताउँदै उनले देउवा सहभागी भए भेला पूर्ण रूपमा सफल हुने दाबी गरे ।‘सबै जना आउनुभयो, खुसी लाग्यो। त्रुटिहरू भए क्षमा गरिदिनुहोला । हामीले खाना पनि दिन सकेनौँ, त्यसका लागि माफ गरिदिनुहोला । शेरबहादुर देउवा आउनेबित्तिकै यो पूर्ण सफल हुन्छ,’ उनले भने ।

images
प्रकाशित मिति :श्रावण २९, २०८३ शुक्रवार - १५:१८:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology