Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

‘कम विकास भएका क्षेत्रमा प्राथमिकता दिएर काम गर्छौँ’ : पूर्वाधारमन्त्री लम्साल

‘कम विकास भएका क्षेत्रमा प्राथमिकता दिएर काम गर्छौँ’ : पूर्वाधारमन्त्री लम्साल

रासस

२९, श्रावण २०८३
‘कम विकास भएका क्षेत्रमा प्राथमिकता दिएर काम गर्छौँ’ : पूर्वाधारमन्त्री लम्साल
images

सुदूरपश्चिम । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।

images
images

सुदूरपश्चिम प्रदेशमा पूर्वाधार निर्माणको अवस्थाबारे अनुगमनका लागि यहाँ आउनुभएका उहाँले आज धनगढीमा नेता तथा कार्यकर्तामाझ पालीका केन्द्रसम्म पक्की र जिल्ला केन्द्रसम्म दुईलेन सडक बनाउने गरी बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो । त्यसका लागि सुदूरपश्चिममा ३१४ किलोमिटर सडक निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

यस्तै, सघन सहरी कार्यक्रमअन्तर्गत सहरी सडक निर्माण तथा मर्मतमा पर्याप्त बजेट रहेको र तीन वर्षमा तीन हजार पुल निर्माण गर्ने कार्यक्रमअन्तर्गत सुदूरपश्चिममा पनि विभिन्न योजना कार्यान्वयन गरिने उहाँले उल्लेख गर्नुभयो । मन्त्री लम्सालले सुदूरपश्चिममा अत्यावश्यक पूर्वाधार निर्माणका योजना ल्याएर आफूकहाँ आउन आग्रहसमेत गर्नुभयो ।

“मेरो नेतृत्वमा रहेको मन्त्रालय मात्रै होइन सुदूरपश्चिमको विकासका लागि अरु मन्त्रालयअन्तर्गत रहेका योजना कार्यान्वयनका लागिसमेत सहजीकरण गर्न तयार छु । हामी काम गर्नकै लागि आएका छौँ, अत्यावश्यक पूर्वाधरलगायत अन्य क्षेत्रमा देखिएका समस्या समाधान गर्छौँ”, मन्त्री उहाँले भन्नुभयो ।

मन्त्री लम्सालले पाँच दिनसम्म सुदूरपश्चिमका सबै जिल्ला तथा क्षेत्रमा रहेका विभिन्न पूर्वाधारको अनुगमन, स्थानीय समस्या पहिचान र समाधानको पहलबारे जानकारी लिने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ । रासस

images
प्रकाशित मिति :श्रावण २९, २०८३ शुक्रवार - १५:५६:४० बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology