Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

images

इच्छाकामना न्युज

३०, श्रावण २०८३
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
images

काठमाडौं। इन्डोनेसियामा शनिबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)का अनुसार स्थानीय समयअनुसार बिहान ३ बजेर २८ मिनेटमा गएको भूकम्प ४९ किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको थियो ।

भूकम्पको केन्द्रबिन्दु ८.५५७ डिग्री दक्षिण अक्षांश र १२१.१८१ डिग्री पूर्वी देशान्तरमा रहेको एनसीएसले जनाएको छ । शक्तिशाली भूकम्पपछि युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी)ले सुनामीको चेतावनीसमेत जारी गरेको छ ।

मुख्य भूकम्पपछि फ्लोरेस सागर क्षेत्रमा लगातार दुईवटा शक्तिशाली परकम्पसमेत गएको एनसीएसले जनाएको छ । बिहान ३ बजेर ४३ मिनेटमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्प ६३ किलोमिटर गहिराइमा रहेको थियो । त्यसको करिब १५ मिनेटपछि बिहान ३ बजेर ५८ मिनेटमा सोही क्षेत्रमा ६.० म्याग्निच्युडको अर्को भूकम्प गएको थियो । यसको केन्द्र ४२ किलोमिटर गहिराइमा रहेको एनसीएसले जनाएको छ ।

फ्लोरेस सागर इन्डोनेसियाका फ्लोरेस र सुलावेसी द्वीपबीचको क्षेत्रमा पर्छ । लगातार शक्तिशाली भूकम्प गएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायले अवस्थाको निगरानी बढाएका छन् । इन्डोनेसिया विश्वका सक्रिय भूकम्पीय तथा ज्वालामुखीय क्षेत्रमध्ये एक हो । यहाँ प्रशान्त महासागर वरपर फैलिएको सक्रिय भूकम्पीय क्षेत्रका कारण बारम्बार भूकम्प जाने गर्छ । 

images
प्रकाशित मिति :श्रावण ३०, २०८३ शनिवार - ११:०१:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology