Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

कांग्रेसको वैधानिकतामा अलमलिनुपर्ने अवस्था छैनः उपसभापति विश्वप्रकाश शर्मा

कांग्रेसको वैधानिकतामा अलमलिनुपर्ने अवस्था छैनः उपसभापति विश्वप्रकाश शर्मा

इच्छाकामना न्युज

३०, श्रावण २०८३
कांग्रेसको वैधानिकतामा अलमलिनुपर्ने अवस्था छैनः उपसभापति विश्वप्रकाश शर्मा
images

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति र केन्द्रीय समितिको वैधानिकताका विषयमा कुनै अलमल नरहेको बताएका छन् ।

images
images
शनिबार दोस्रो झापा–१ काठमाडौं कप फुटसल प्रतियोगिता २०८३ मा सहभागी हुन पुगेका शर्माले विधिपूर्वक सम्पन्न भएको पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले समेत सही ठहर गरेको अवस्थामा यसबारे अन्योलमा पर्नुपर्ने अवस्था नरहेको बताएका हुन् । उनले विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएको र उक्त निर्णयलाई सर्वोच्च अदालतले बदर नगरेको उल्लेख गरे ।

‘नेपाली कांग्रेसको सभापति को हो भनेर अलमलिनुपर्ने अवस्था छैन,’ शर्माले भने, ‘आवेगमा आएर यता नेमप्लेट राख्ने, उता नेमप्लेट राख्ने, उहाँ पनि सभापति हो, उहाँ पनि कार्यसमिति हो, उहाँ नै पदाधिकारी हो भन्ने कुरा खेलको नियम र विधिभन्दा बाहिरको कुरा हो ।’उनले खेलको मैदानमा नियम उल्लंघन हुँदा पहेँलो र रातो कार्ड देखाइने उदाहरण दिँदै राजनीतिमा पनि विधि र नियमको पालना हुनुपर्ने बताए ।

‘खेलको मैदानमा जब कसैले गल्ती गर्छ, पहेँलो कार्ड देखाइन्छ । फेरि गल्ती गर्यो भने रातो कार्ड देखाइन्छ । खेलमा एउटा विधि हुन्छ,’ उनले भने, ‘नेपाली कांग्रेसको पनि एउटा विधि छ । जसमा महाधिवेशन भयो । विशेष महाधिवेशन पालना गरेर सभापति गगन थापा हुनुभयो ।’ शर्माले राजनीतिलाई पनि खेलको नियमअनुसार सञ्चालन गर्न आग्रह गर्दै विधिभित्र रहेर राजनीतिक गतिविधि अघि बढाउनुपर्नेमा जोड दिए ।

 
 

images
प्रकाशित मिति :श्रावण ३०, २०८३ शनिवार - १७:०९:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology