दाङ।यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२/८३ मा रु ५८ करोड ५३ लाख ७९ हजार ४५९ राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी ताराप्रसाद शर्माका अनुसार सबैभन्दा बढी सवारी करबाट रु ४२ करोड तीन लाख ४१ हजार ९३५ राजस्व सङ्कलन भएको हो ।
उहाँका अनुसार यातायात व्यवस्था कार्यालय तुलसीपुरमा ८८ हजार ७९ मोटरसाइकल, २५ हजार २०१ जीप, कार, बसलगायत चार पाङ्ग्रे गरी एक लाख १३ हजार ७७० सवारीसाधन दर्ता भएका छन् । यातायात व्यवस्था कार्यालयले अहिले पनि सोही कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ । रासस