Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

खोरको अभावका कारण चितवनमा हिजो नियन्त्रणमा लिइएको बाघलाई पर्सा पठाइयो

खोरको अभावका कारण चितवनमा हिजो नियन्त्रणमा लिइएको बाघलाई पर्सा पठाइयो

रासस

१, भाद्र २०८३
खोरको अभावका कारण चितवनमा हिजो नियन्त्रणमा लिइएको बाघलाई पर्सा पठाइयो
images

चितवन। चितवन राष्ट्रिय निकुञ्जले आइतबार नियन्त्रणमा लिएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ । यहाँ राख्ने खोरको अभावका कारण पर्सा पठाइएको हो निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिनुभयो । शुक्रबार राप्ती नगरपालिका–१ मा देखिएको अन्दाजी चार वर्षको भाले बाघलाई आइतबार बिहान डार्ट गरेर नियन्त्रणमा लिइएको थियो । उहाँका अनुसार अहिले निकुञ्जले समस्या ग्रस्त बाघहरु नियन्त्रणमा लिएर खोरमा राख्ने गरेको छ । हाल निकुञ्जका खोरमा सात वटा बाघ रहेका छन् ।

images
images

निकुञ्जमा समस्या ग्रस्त बाघलाई राख्नका लागि खोरको अभावले पर्सा पठाउनु परेको हो । अहिले निकुञ्जको मुख्यालय कसरामा तीन वटा, देवनगरमा दुई वटा र सौराहामा दुई वटा बाघ रहेका छन् । निकुञ्जका खोरमा रहेका बाघमा पाँच वटा भाले र दुई वटा पोथी रहेका छन् ।

निकुञ्जमा खोरको अभावले समस्या ग्रस्त वाघ व्यवस्थापनमा चुनौती थपिएको उहाँले बताउनुभयो । निकुञ्जको खोरमा रहेका बाघमध्ये एउटा बाँकेबाट ल्याइएको हो भने अन्य चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रबाट समस्या ग्रस्त भएपछि नियन्त्रणमा लिइएको थियो । पछिल्लो गणनाअनुसार यस निकुञ्जमा १४५ वटा बाघ रहेका छन् । यो निकुञ्ज सबैभन्दा धेरै बाघ भएको निकुञ्ज हो ।

निकुञ्जको वरिपरि बस्ती भएकाले जुनसुकै बेला थप बाघ नियन्त्रणमा लिनुपर्ने अवस्था आएमा ठाउँको अभाव हुने उहाँले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जभित्रका खोरमा बाघ थपिँदा आहारा पुर्याउनसमेत कठिन बन्दै आएको छ । रासस

images
प्रकाशित मिति :भाद्र १, २०८३ सोमवार - १९:३१:५२ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology