Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

बालेनको मुस्ताङ भ्रमणबारे प्रशासन बेखबर

बालेनको मुस्ताङ भ्रमणबारे प्रशासन बेखबर

इच्छाकामना न्युज

५, भाद्र २०८३
बालेनको मुस्ताङ भ्रमणबारे प्रशासन बेखबर
images

काठमाडौं।प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ भ्रमणबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई आधिकारीक जानकारी प्राप्त नभएको पाइएको छ ।

images
images
प्रधानमन्त्री सडक मार्गमार्फत पोखरा हुँदै मुस्ताङसम्म पुग्ने कार्यक्रम रहेपनि शुक्रबार विहान ११ बजेसम्म प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई आधिकारीक जानकारी नआएको बताए । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एक नारायण भण्डारीले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे मिडियामार्फत जानकारी मात्र प्राप्त भएको तर अफिसमा आधिकारीक खबर नआएको बताए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय मुस्ताङले पनि प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे आधिकारीक जानकारी नआएको तर मिडियामार्फत थाहा पाएको जानकारी दिएको छ । सुरक्षा व्यवस्थाका सन्दर्भमा भने आफूहरुले आन्तरिक तयारी गरिरहेको प्रहरीको भनाइ छ ।

प्रधानमन्त्री बालेन यसपटक मुस्ताङ पुगेर मुक्तिनाथ दर्शन गर्ने कार्यसूची रहेको बताइएपनि आधिकारिक पुष्टि छैन् । प्रधानमन्त्री कार्यालयका सचिवालय सदस्यहरुले भने प्रधानमन्त्रीको दैनिक कार्यतालिकाबारे जानकारी दिन असहज मान्ने र फोन समेत नउठाउने गरेका छन् ।

images
प्रकाशित मिति :भाद्र ५, २०८३ शुक्रवार - १२:०५:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology