Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

आर्थिक आत्मनिर्भरता बिना महिला सशक्तीकरण सम्भव छैन : सुनिता डंगोल

आर्थिक आत्मनिर्भरता बिना महिला सशक्तीकरण सम्भव छैन : सुनिता डंगोल

इच्छाकामना न्युज

५, भाद्र २०८३
आर्थिक आत्मनिर्भरता बिना महिला सशक्तीकरण सम्भव छैन : सुनिता डंगोल
images

काठमाडौं। महिला उद्यमशीलता तथा घरेलु र हस्तकलाका सामग्रीको प्रवद्र्धन गर्नुका साथै तीज संस्कृतिको संरक्षण गर्ने उद्देश्यले २३औँ सफ्टी तीज फेस्टिभल तथा सिर्जनशील उद्यमी मेला आजदेखि काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा सुरु भएको छ ।

images
images
मेलामा महिला उद्यमीले उत्पादन गरेका विभिन्न घरेलु तथा हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । तीज पर्वमा विशेष महत्व राख्ने रातो चुरा, पोते, गरगहना तथा विभिन्न पहिरनसमेत मेलाका आकर्षण बनेका छन् ।
मेलाको उद्घाटन कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला उद्यमीलाई एकै ठाउँमा भेला गराएर एकअर्कालाई प्रोत्साहन र प्रेरणा दिने वातावरण सिर्जना गर्नु मेलाको महत्वपूर्ण पक्ष भएको बताइन् ।

उनले मेलाले महिला उद्यमीको व्यावसायिक तथा उद्यमशील यात्रामा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिन् । ‘सबै जना महिला उद्यमी यसरी एकै ठाउँमा बसेर एकअर्कालाई मोटिभेट र प्रोत्साहन गरिरहनुभएको छ । यो मेलाले सम्पूर्ण उद्यमीलाई व्यावसायिक तथा उद्यमशील जीवनमा अझ धेरै ऊर्जा थपोस्,’ उनले भनिन् ।

डंगोलले तीज पर्वले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बन्नुपर्ने सन्देशसमेत दिएको बताइन् । आर्थिक रूपमा सबल र आत्मनिर्भर नभएसम्म अपेक्षित महिला सशक्तीकरण हासिल गर्न कठिन हुने उनको भनाइ थियो ।‘जब सम्म हामी आर्थिक रूपमा सबल बन्न सक्दैनौँ,आफैँमा आत्मनिर्भर हुन सक्दैनौँ,हामीले परिकल्पना गरेको महिला सशक्तीकरण हासिल गर्न निकै कठिन छ,’ उनले भनिन् । उनले मेलामा सहभागी महिला उद्यमीहरू एकअर्काका लागि प्रेरणाको स्रोत बन्न सकून् भन्ने शुभकामना पनि व्यक्त गरिन् । मेला भदौ ७ गतेसम्म सञ्चालन हुनेछ ।

 

 
 

images
प्रकाशित मिति :भाद्र ५, २०८३ शुक्रवार - १५:३६:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology