Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

बारामा दुई वर्षीया बालिका बेपत्ता, खोजी कार्य जारी

बारामा दुई वर्षीया बालिका बेपत्ता, खोजी कार्य जारी

images

इच्छाकामना न्युज

७, भाद्र २०८३
बारामा दुई वर्षीया बालिका बेपत्ता, खोजी कार्य जारी
images

रौतहट । बाराको कलैया उपमहानगरपालिका–१ स्थित कट्टी पर्सा टोलबाट २ वर्षीया बालिका बेपत्ता भएकी छन् । स्थानीय मुकेश मण्डलकी अन्दाजी २ वर्षीया छोरी बिन्दी मण्डल शनिबार साँझ ५ बजेदेखि बेपत्ता भएकी हुन् । बालिका हराए लगत्तै परिवार र स्थानीयवासीले खोजी गरे पनि फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय बारालाई खबर गरिएको थियो ।

घटनाको गम्भीरता र संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक ९एसपी० नरेन्द्र कुँवर सहितको सुरक्षा निकायको टोली कार्यक्षेत्रमा खटिएको छ । बालिका हराएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी प्रमुख एसपी कुँवर आफैँ टोली लिएर घटनास्थल पुगेका छन् ।
खोजी कार्यलाई थप प्रभावकारी र प्राविधिक रूपमा सुदृढ बनाउन नेपाल प्रहरीको विशेष टोली र तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको छ । प्रहरी टोलीले कट्टी पर्सा टोल, यसका वरपरका क्षेत्र, सम्भावित गल्लीहरू र झाडीहरूमा सघन रूपमा खानतलासी गरिरहेको जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ७, २०८३ आइतवार - १०:३८:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology