काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले समाजमा बढ्दो हत्या, हिंसा र बलात्कारका घटना केवल आपराधिक गतिविधिका रूपमा मात्र बुझ्न नहुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले यस्ता घटनाहरू सामाजिक अराजकता,कमजोर राज्य व्यवस्था तथा २०८२ भदौ २४ गतेको विध्वंसात्मक अराजकताले सिर्जना गरेको विचलित मनोविज्ञानको परिणाम भएको बताएका हुन् ।
उक्त घटनाका दोषीहरूलाई कारबाही नगरेसम्म अपराधीहरू निर्भय हुने र नागरिकहरू सदैव भयभीत तथा असुरक्षित रहने अवस्था कायम रहने महासचिव पोखरेलको निष्कर्ष छ ।