Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

भोटेकोशी बाढीः सेनाद्वारा २५ जनाको उद्धार

भोटेकोशी बाढीः सेनाद्वारा २५ जनाको उद्धार

रासस

१०, भाद्र २०८३
भोटेकोशी बाढीः सेनाद्वारा २५ जनाको उद्धार
images

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित २५ जनाको नेपाली सेनाले उद्धार गरेको छ । प्रभावित क्षेत्रमा खटिइएको सेनाको टोलीले रसुवाको टिमुरे र स्याफ्रु तथा नुवाकोटको त्रिशूली क्षेत्रबाट उनीहरुको उद्धार गरेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो ।

images
images

बाढी प्रभावितको उद्धार र प्रतिकार्यका लागि सेनाको छ र निजी क्षेत्रका आठ गरी १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । ती हेलिकप्टरले आवश्यकताअनुसार घाइते तथा प्रभावितको उद्धार तथा राहतमा सहयोग पु¥याउने छन् ।

सेनाले घाइतेको उपचारका लागि दुई जना सर्जनसहित २० जनाको विशेषज्ञ चिकित्सकको टोली त्रिशूलीस्थित मैथली ब्यारेकमा तैनाथ गरेको छ । त्रिशूली अस्पतालसँगको सडक सम्पर्क टुटेपछि सेनाले ब्यारेकमा स्वास्थ्य सेवा दिन उक्त टोली खटाएको हो । रासस
 
 

images
प्रकाशित मिति :भाद्र १०, २०८३ बुधवार - १४:४६:१४ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology