Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

टिमुरे बाढीमा भागेर ज्यान जोगाउने सञ्जीव र तारा भन्छन्, ‘टिमुरे बजारमा अपूरणीय क्षति’

टिमुरे बाढीमा भागेर ज्यान जोगाउने सञ्जीव र तारा भन्छन्, ‘टिमुरे बजारमा अपूरणीय क्षति’

रासस

१०, भाद्र २०८३
टिमुरे बाढीमा भागेर ज्यान जोगाउने सञ्जीव र तारा भन्छन्, ‘टिमुरे बजारमा अपूरणीय क्षति’
images

काठमाडौँ। रसुवाको टिमुरेमा आएको बाढीबाट ज्यान जोगाउन सफल भएकाहरूको भिडियो मार्फत अवस्थाको विषयमा जानकारी आउन थालेको छ।

images
images

बिहान रसुवामा आएको बाढीको वितण्डाबाट जोगिएका स्थानीय सञ्जीव श्रेष्ठ र प्रहरी सहायक हवल्दार तारा केसीले सामाजिक सञ्जालमा भिडियो कैद गरेर सार्वजनिक गरेका छन्। उनीहरुले सार्वजनिक गरेका दृश्यहरूले त्यहाँको भयावह स्थिति देखाएको छ । 

सञ्जीव श्रेष्ठको सन्देश: ‘७५ प्रतिशत मानिस बाढीमा पुरिएका हुन सक्छन्’ । बाढी आएपछि भागेर जङ्गलमा पुगेका स्थानीय सञ्जीव श्रेष्ठले केही समयपछि टिमुरेको माथिल्लो भाग पुगेका छन् । उनका अनुसार बिहान ८ः५३ बजे एक्कासि आएको बाढीले टिमुरे बजारमा अपूरणीय क्षति पुर्‍याएको छ ।

‘अत्यन्तै दुखद कुरा, यहाँका झन्डै ७५ प्रतिशत मानिसहरू बाढीमा पुरिएको अनुमान छ,’ उनले भनेका छन् । भिडियोमा उनले टिमुरे बजार र भन्सार यार्ड पूर्ण रूपमा लेदो र बाढीले पुरिएको देखाएका छन् ।

उनले  आफ्नो मोबाइलमा ब्याट्री निकै कम (७ प्रतिशत मात्र) भएको भन्दै आफन्त र शुभेच्छुकहरूलाई धेरै फोन नगर्न समेत आग्रह गरेका छन् । उनी सहित केही व्यक्तिहरू सुरक्षित रूपमा अहिले टिमुरेभन्दा माथिको डाँडामा ओत लागेर बसेका छन् ।

तारा केसीको सन्देश: ‘मैले मृत्युलाई जितेर आएँ’

बाढीबाट भाग्दै गर्दा प्रहरी सहायक हवल्दार तारा केसीले खिचेको भिडियोमा उनको त्रसित आवाज सुन्न सकिन्छ । लेदो र हिलोमा लतपतिएका केसीले लामो–लामो सास फेर्दै भनेका छन्, ‘म बाँचेँ, म बाँचेँ । म अहिलेसम्म बाँचेको छु ।’

भिडियोमा उनको ज्यान जोगाउन निकै कडा परिश्रम गर्दै माथिल्लो पाखातिर दौडिएर आएको बताएका छन् । बाढीको कारण टिमुरे क्षेत्रमा फसेकाहरूको अवस्था नाजुक रहेको देखाउँछ ।

images
प्रकाशित मिति :भाद्र १०, २०८३ बुधवार - १४:५५:१६ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology