Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

तमू सांस्कृतिक प्रतिष्ठान नेपालको २४औँ वार्षिक साधारणसभा सम्पन्न

तमू सांस्कृतिक प्रतिष्ठान नेपालको २४औँ वार्षिक साधारणसभा सम्पन्न

इच्छाकामना न्युज

१४, भाद्र २०८३
तमू सांस्कृतिक प्रतिष्ठान नेपालको २४औँ वार्षिक साधारणसभा सम्पन्न
images

पोखरा। शैक्षिक क्षेत्रमा क्रियाशील सामाजिक संस्था तमू सांस्कृतिक प्रतिष्ठान नेपालको २४औँ वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ। पोखरा–११, रानीपौवास्थित प्रतिष्ठानमा आइतबार आयोजित साधारणसभा संस्थाका संस्थापक सदस्य तथा सल्लाहकार डमर तमूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

images
images

350c069b-4a26-4d92-95d3-b147346f5f3f.jpeg

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डमर तमूले प्रतिष्ठानलाई वर्तमान अवस्थासम्म ल्याउन योगदान गर्ने पूर्वअध्यक्ष तथा पदाधिकारीलाई धन्यवाद दिँदै संस्थालाई आवश्यक परेको जुनसुकै बेला सहयोग गर्न आफू तयार रहेको बताउनुभयो।

साधारणसभामा तमू धीं नेपालका अध्यक्ष हुम तमू, संस्थाका संस्थापक उपाध्यक्ष तथा अक्षयकोषदाता दुर्गा तमू,संस्थापक अध्यक्ष खेमबहादुर तमू,आजीवन सदस्य तथा साहित्यकार गौरी तमू र संस्थाका प्रथम उपाध्यक्ष भेषबहादुर तमूले संस्थाको गतिविधि तथा आगामी योजनाबारे धारणा राख्नुभएको थियो।

5abbb5d4-a044-469d-b4a4-ec1a395f8528.jpeg

सभामा प्रतिष्ठानले वर्षभरि सञ्चालन गरेका कार्यक्रम तथा गतिविधि समेटिएको प्रगति प्रतिवेदन सचिव कञ्चन तमूले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्याम तमूले प्रस्तुत गर्नुभएको थियो। दुवै प्रतिवेदन सभाबाट अनुमोदन गरिएको छ।

यसैबीच, भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण देश शोकमा रहेका बेला यसपटकको साधारणसभा कुनै तामझाम नगरी सञ्चालन गरिएको आयोजकले जनाएको छ। सभामा बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको थियो।

प्रतिष्ठानका अध्यक्ष श्रीजङ तमूको अध्यक्षतामा सम्पन्न साधारणसभाको सञ्चालन सचिव कञ्चन तमूले गर्नुभएको थियो। तमू सांस्कृतिक प्रतिष्ठान नेपालले स्थापना कालदेखि नै शिक्षा क्षेत्रमा विशेष योगदान गर्दै आएको छ। संस्थाले तमू समुदायका विद्यार्थीलाई शैक्षिक अवसर तथा सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।

images
प्रकाशित मिति :भाद्र १४, २०८३ आइतवार - १६:०९:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology