काठमाडौँ। ललितपुर महानगरपालिका–४ नख्खु दोबाटो चोकबाट स्रोत नखुलेको नगद रु एक करोड ६७ लाख ३३ हजार २३० सहित तीन जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका–१० चापागाउँ बस्ने ३२ वर्षीय जयराम केसी, काठमाडौँ कोटेश्वर बस्ने भोजपुर नगरपालिका–३ घर भएका ३१ वर्षीय दीपक खड्का र काठमाडौँ बत्तीसपुतली बस्ने काठमाडौँ महानगरपालिका–१० बानेश्वर घर भएका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन् ।