आँबुखैरेनी, २७ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। गाउँपालिकाको वडा नं. २ स्थित मार्किचोकमा आज बिहान करिब ६ः४५ बजे तिर घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको हो।
करेन्ट लागेर मृत्यु हुनेमा मार्किचोक बस्ने आँबुखैरेनी गाउँपालिका वडा नं. ६ घलडाडाँका अन्दाजी ४५ वर्षका भिम बहादुर गुरुङ रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक विकाश थापाले जानकारी दिएका छन्।
करेन्ट लागेर गम्भिर घाईते भएका गुरुङलाई उपचारार्थ अस्पताल पु¥याउदा चिकित्सकले मृत घोषणा गरेको प्रनि थापाले बताए। हाल मृतकको शवलाई पोष्टमार्टमको लागि दमौली पठाउने तयारी भैरहेको पनि उनले जानकारी दिए।
उल्लेखित समाचारमा मृतकको नाम भिम बहादुर गुरुङ हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ। –सम्पादक