Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

स्वास्थ्य सामग्री सहयोगका लागि चीनसँग नेपाली नागरिकहरुको अपिल 

स्वास्थ्य सामग्री सहयोगका लागि चीनसँग नेपाली नागरिकहरुको अपिल 

इच्छाकामना न्युज

३०, बैशाख २०७८
स्वास्थ्य सामग्री सहयोगका लागि चीनसँग नेपाली नागरिकहरुको अपिल 
images

काठमाण्डौ, ३० बैशाख । कोरोना सङ्क्रमणको महामारीले नेपालको स्वास्थ्य क्षेत्र संकटपूर्ण अवस्थामा पुगेपछि नेपाली नागरिकका प्रतिनिधिहरुले छिमेकी मुलुक चीनलाई सहयोग गर्न अपील गरेका छन् । नेपालीहरुको तर्फबाट पत्रकार, लेखक, कलाकार, समाजसेवी, प्राध्यापक, व्यवसायी लगायतले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीमार्फत् चीनसँग सहयोग मागेका हुन् ।

images
images

नेपाली नागरिकका तर्फबाट, हामी चीन सरकार र चिनियाँ नागरिकलाई पुनः एक पटक नेपालको भयावह स्वास्थ्य अवस्था सुधारका निम्ति आफ्ना सहयोगी हात अघि सार्न विनम्र अनुरोध गर्दछौं, नेपाली नागरिकहरुको तर्फबाट राजदूत यान्छीलाई बुझाइएको संयुक्त अपीलमा लेखिएको छ ।

‘जागरुक नागरिकहरु’ भनेर ८६ जनाको नाम उल्लेख गरिएको संयुक्त अपीलमा विगत केही सातायता नेपालमा कोभिड–१९ संक्रमितको संख्या १२ सय प्रतिशतले बढेको र परीक्षणमा पोजेटिभ देखिनेको दर लगातार पचास प्रतिशतभन्दा बढी रहँदै आएको उल्लेख छ ।

आगामी महिनाहरूमा अझै कठीनपूर्ण संघर्ष गर्नुपर्ने निश्चित रहेको र सम्भावित मानवीय विपतसँग जुध्न नेपाललाई कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामग्रीको सहायता चाहिएको अपीलमा उल्लेख छ ।

नेपालमा स्वास्थ्य जनशक्ति र अग्रपंक्तिमा रहेर रहेर काम गर्नेको संख्या देशभर अपुग छ भने देशको स्वास्थ्य पूर्वाधार नाजुक अवस्थामा आइपुगेको जानकारी पनि चीन सरकार र चिनियाँ नागरिकलाई गराइएको छ ।

चीनले अनुदानमा दिएको आठ लाख भेरोसेल खोप अपुग भएको र नेपालका जम्मा एक प्रतिशत जनसंख्याले पूर्ण–खोप (दुवै डोज) लगाउन पाएको भन्दै थप खोप उपलब्ध गराइदिन पनि आग्रह गरिएको छ ।

images
प्रकाशित मिति :बैशाख ३०, २०७८ बिहिवार - १०:०७:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology