Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

लमजुङ केन्द्रविन्दु भएर ५.८ म्याग्निच्युडको भुकम्प, क्षतिको विवरण आउन बाँकी 

लमजुङ केन्द्रविन्दु भएर ५.८ म्याग्निच्युडको भुकम्प, क्षतिको विवरण आउन बाँकी 

लमजुङ केन्द्रविन्दु भएर ५.८ म्याग्निच्युडको भुकम्प, क्षतिको विवरण आउन बाँकी 
images

लमजुङ, ५ जेठ । लमजुङ केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पले घर भत्किँदा केही मानिस घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार भुलभुलेका ८५ वर्षका एकजना वृद्धा घाइते हुनुभएको छ ।

images
images

घरको गारो भत्किँदा उहाँ घाइते भएको र उपचार भइरहेको लुइँटेलले बताउनुभयो । लमजुङको भुलभुले केन्द्र रहेर आज बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लामा समेत महशुस गरिएको थियो । भूकम्पले कच्ची घरहरूमा क्षति पुगेका विवरणहरू आइरहेका छन् ।

केही स्थानमा सुख्खा पहिरो पनि गएको छ।भूकम्प गएपछि मानिसहरू घरबाहिर निस्केका थिए। भूकम्पले के कति क्षति भयो भन्ने पूर्ण विवरण भने आईसकेको छैन । 

images
प्रकाशित मिति :जेठ ५, २०७८ बुधवार - ०९:३६:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology