Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

काठमाडौंको कीर्तिपुर र चन्द्रागिरिमा देखियो बर्डफ्लुको सङ्क्रमण 

काठमाडौंको कीर्तिपुर र चन्द्रागिरिमा देखियो बर्डफ्लुको सङ्क्रमण 

इच्छाकामना न्युज

१२, जेठ २०७८
काठमाडौंको कीर्तिपुर र चन्द्रागिरिमा देखियो बर्डफ्लुको सङ्क्रमण 
images

काठमाण्डौ, १२ जेठ ।  काठमाडौंमा फेरि बर्डफ्लुको सङ्क्रमण पुष्टि भएको छ ।काठमाडौंको कीर्तिपुरस्थित दुई ठाउँ र चन्द्रागिरिमा पालिएको टर्कीमा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।कीर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरिको एक ठाउँमा सोमबार बर्डफ्लु सङ्क्रमण पुष्टिपछि त्यस क्षेत्रका पन्छी नष्ट गर्न टोली खटाइएको विभागका सूचना अधिकारी डा.चन्द्र ढकालले बताउनुभयो ।

images
images

प्रारम्भिक रुपमा करीब ८ सय टर्की नष्ट र सो क्षेत्रमा निसङ्क्रमण गर्न आज बिहानैदेखि प्राविधिक खटिएको सूचना अधिकारी ढकालले जानकारी दिनुभयो ।अस्वाभाविक रुपमा टर्की मृत्युको सूचना पछि विभागले नमूना सङ्कलन गरेर केन्द्रीय प्रयोगशालामा रियलटाइम पीसीआर विधिबाट गरेको परीक्षणमा बर्डफ्लु पुष्टि भएको पनि उहाँले बताउनुभयो ।

व्यावसायिक प्रयोजनका लागि किसानले फर्ममा पालेको टर्कीमा उक्त सङ्क्रमण पाइएको विभागले जनाएको छ । झन्डै दुई महिना अघि काठमाडौंको तारकेश्वर, ललितपुरको नख्खु लगायतका क्षेत्रमा लोकल कुखुरा र टर्कीमा बर्डफ्लु पाइएको थियो । 

images
प्रकाशित मिति :जेठ १२, २०७८ बुधवार - १८:५९:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology