विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहेको छ ।फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ७१ औं स्थानमा यथावत रहेको हो ।
गत महिना पनि नेपाल १ सय ७१ औं स्थानमै रहेको थियो ।नेपालले गत चैतमा घरेलु मैदानमा त्रिदेशीय फुटबल खेलेको थियो । त्यसयता नेपालले अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।नेपालले बंगलादेशलाई हराएर उपाधि जितेको थियो । नेपालले पर्सी इराकसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ ।नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ ।
भारत १ सय ५ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेको छ । नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेका छन् ।स्पेन छैटौं, इटाली सातौं, अर्जेन्टिना आठौं, उरुग्वे नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन् ।