Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

तीन देशका लागि सातामा एक दिन अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय  

तीन देशका लागि सातामा एक दिन अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय  

इच्छाकामना न्युज

१४, जेठ २०७८
तीन देशका लागि सातामा एक दिन अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय  
images

काठमाण्डौ, १४ जेठ । सरकारले बिभिन्न तीन देशका लागि सातामा एक दिन अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । स्वास्थ्य सामग्रीको ओसारपसारलाई सहज बनाउनका लागि हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उडान खुला गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

images
images

मन्त्रिपरिषद बैठकले कतार, चीन र टर्कीका लागि उडान खुला गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अध्ययन गरी कति गतेदेखि उडान खोल्ने भन्नेबारे निर्णय गर्नसक्ने जिम्मेवारी दिइएको छ ।

कोभिड–१९ सँग सम्बन्धित अतिआवश्यक स्वास्थ्य सामग्री ल्याउनुपर्ने भएर हाल तीन देशका लागि उडान खुला गर्ने निर्णय भएको जानकारी दिँदै मन्त्री ज्ञवालीले उडान हुने भएपछि त्यस देशका नागरिक स्वास्थ्य मापदण्ड पूरा गरेर ओहोरदोहोर गर्न सक्ने बताउनुभयो ।

गत वैशाख १६ गतेदेखि कोभिडका कारण निषेधाज्ञा जारी भएपछि सरकारले २० गतेदेखि आन्तरिक र २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो । 

images
प्रकाशित मिति :जेठ १४, २०७८ शुक्रवार - ०९:३९:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology