Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

प्रकृतिमैत्री जीवनचर्या अपनाउन राष्ट्रपतिको आह्वान 

प्रकृतिमैत्री जीवनचर्या अपनाउन राष्ट्रपतिको आह्वान 

इच्छाकामना न्युज

२२, जेठ २०७८
प्रकृतिमैत्री जीवनचर्या अपनाउन राष्ट्रपतिको आह्वान 
images

काठमाण्डौ, २२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिमैत्री जीवनशैली अपनाउँदै सुधारका गतिविधि प्रवद्र्धन गरी वातावरण संरक्षणका लागि आह्वान गर्नुभएको छ ।

images
images

विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले जल, वायु, जमिन र जङ्गलसँग वनस्पति, जीवजन्तु र मानवको आपसी सम्बन्धलाई जीवन्त बनाई राख्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन प्रण गर्ने दिनको रूपमा यस दिवसलाई लिन पनि आग्रह गर्नुभएको छ ।

प्राकृतिक स्रोतहरूको अधिक दोहनका कारण वरिपरिको पारिस्थितिक प्रणाली असन्तुलन उत्पन्न भएको बताउनुहुँदै उहाँले सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ ।

images
प्रकाशित मिति :जेठ २२, २०७८ शनिवार - ०९:०९:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology