Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आजदेखि साताको एक दिन श्रम स्वीकृति दिइने

आजदेखि साताको एक दिन श्रम स्वीकृति दिइने

images

इच्छाकामना न्युज

२६, जेठ २०७८
आजदेखि साताको एक दिन श्रम स्वीकृति दिइने
images

काठमाडौं, २६ जेठ । वैदेशिक रोजगार कार्यालयले आजदेखि हप्ताको एक दिन अन्तिम श्रम स्वीकृति दिने भएको छ ।

बैदेशिक रोजगार विभाग अन्तगरगतको वैदेशिक रोजगार कार्यालय ताहाचलले साताको एक दिन श्रम स्वीकृति जारी गर्ने निर्णय अनुसार आजदेखि प्रत्येक साताको बुधबार सेवा दिन लागेको हो । वैदेशिक रोजगार कार्यालयले यो निर्णय केहि दिनअघि गरेको थियो ।

कोरोना संक्रमणको व्यापकता नियन्त्रण तथा रोकथाम गर्नका लागि भन्दै २०७७ बैशाख २४ गते देखि कार्यालयले भौतिक रुपमा उपस्थित भएर सेवा लिने दिने काम बन्द गरेको थियो । यसबीचमा अनलाइनमार्फत श्रम स्वीकृति लिने व्यवस्था गरिएको थियो ।

यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले हप्ताको एक दिन श्रम स्वीकृति दिने व्यवस्था गर्न माग गर्दै वैदेशिक रोजगार विभागको ध्यानाकर्षण गराएको थियो ।

व्यवसायीले श्रम गन्तव्य मुलुकले भिसा दिइसकेका व्यक्तिलाई श्रम स्वीकृति दिने कार्य सुचारु गरी सहज तरिकाले विदेश जाने वातावरण तयार पार्न माग गर्दै आएका थिए ।

images
प्रकाशित मिति :जेठ २६, २०७८ बुधवार - ०९:५७:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology