Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

भदौमा महाधिवेशन हुने काँग्रेस सभापति देउवाको भनाइ 

भदौमा महाधिवेशन हुने काँग्रेस सभापति देउवाको भनाइ 

इच्छाकामना न्युज

२६, जेठ २०७८
भदौमा महाधिवेशन हुने काँग्रेस सभापति देउवाको भनाइ 
images

काठमाण्डौ, २६ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भदौमा पार्टीको १४ औं महाधिवेशन हुने बताउनुभएको छ । काँग्रेसले भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने गरी यसअघि नै निर्णय गरिसकेको थियो । तर कोरोना महामारीले क्रियाशील सदस्यता वितरणका काम सकिएको छैन ।

images
images

महामारीकै बीच पनि महाधिवेशन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरूले सभापति देउवाको ध्यानाकर्षण गराइरहेका छन् । सभापति देउवाले आज प्रेस विज्ञप्ति निकालेर भदौमा महाधिवेशन हुने प्रष्ट पार्नुभएको छ ।

यस्तो विषय परिस्थितिमा पनि हामीले भदौमा पार्टीको महाधिवेशन सम्पन्न गर्नु परेको छ । म देशभरका साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु, भदौमा महाधिवेशन हुन्छ, सभापति देउवाले विज्ञप्तिमार्फत भन्नुभएको छ । 

images
प्रकाशित मिति :जेठ २६, २०७८ बुधवार - २०:१४:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology