Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा गर्ने तयारी 

कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा गर्ने तयारी 

इच्छाकामना न्युज

५, आषाढ २०७८
कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा गर्ने तयारी 
images

काठमाण्डौ, ५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा आईनसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाको स्वरुपबारे निर्णय गरिने बोर्डले जनाएको छ ।

images
images

बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले असारभर पर्ख र हेरकै अवस्थामा आफूहरू रहेको जानकारी दिँदै त्यसपछि मात्र परीक्षाको तयारीका बारेमा छलफल थालिने जानकारी दिनुभयो । भदौसम्म परीक्षा हुने सम्भावना देखिएको र त्यो गत वर्षभन्दा फरक स्वरुपमा हुने उहाँको भनाइ छ ।

कक्षा १२ विद्यालय तहको अन्तिम परीक्षा भएकाले बिना परीक्षा विद्यार्थीको प्रमाणीकरण गर्न समस्या हुने भएकाले केही महिना पर्खेरै भए पनि परीक्षा लिने बोर्डको तयारी छ । कक्षा १२ को अन्तिम परीक्षा सञ्चालनको सबै अधिकार बोर्डमा नै रहेको छ । बोर्डले गत जेठ २६ गतेबाट कक्षा १२ को परीक्षा लिने कार्यतालिका सार्वजनिक गरे पनि कोरोना महामारीका कारण स्थगित गरेको थियो ।

बोर्डका अध्यक्ष पौडेलले यसपटक कक्षा १२ मा अध्ययन गरेका विद्यार्थीको कक्षा ११ को परीक्षा बोर्डले नभई विद्यालयले लिएकाले गत वर्षकै जस्तो मोडालिटीमा परीक्षा हुने अवस्था नरहेको जानकारी गराउनुभयो । कक्षा ११ मा अध्ययनरत देशभरका विद्यार्थीको अन्तिम मूल्याङ्कन असारभित्र गरिसक्नुपर्ने बोर्डले जनाएको छ । 

images
प्रकाशित मिति :आषाढ ५, २०७८ शनिवार - १०:५२:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology