Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

प्रदेश २ मा सत्ता टिकाउन मन्त्रालय थप, कार्यकक्ष नहुँदा मन्त्रीहरु बेकामे

प्रदेश २ मा सत्ता टिकाउन मन्त्रालय थप, कार्यकक्ष नहुँदा मन्त्रीहरु बेकामे

एसपी गौरब

९, आषाढ २०७८
प्रदेश २ मा सत्ता टिकाउन मन्त्रालय थप, कार्यकक्ष नहुँदा मन्त्रीहरु बेकामे

सर्लाही, ९ असार । आफ्नो कार्यकक्ष नपाउँदा प्रदेश २ का नवगठित मन्त्रिमण्डलका मन्त्रीहरू दुई सातादेखि अलमलमा परेका छन् । महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्रप्रसाद सिंह करिब दुईसाता पहिला मन्त्री हुनु भयो । सर्लाही निर्वाचन क्षेत्र ४(क)बाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचीत सिंह प्रदेश सरकारको पछिल्लो समिकणमा महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बन्नु भएको हो ।

images

मन्त्रालय, प्रशासनिक भवन र कर्मचारी अभावका कारण मन्त्री सिंह कार्यकक्षमा नवसी झण्डा हल्लीएका गाडी लिएर आफ्नै निर्वाचन क्षेत्रमा बधाई तथा सम्मान लिनमै व्यस्त रहनुभएको छ । प्रदेश सरकार सक्ता समिकरणमा नेपाली कांग्रेसबाट नियुक्त हुनु भएका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री सिंह र भौतिक पूर्वाधार विकास, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्माको अहिलेसम्म कार्यालय समेत सञ्चालन हुन सकेको छैन। मन्त्रालयको लागि प्रशासनिक भवन र कर्मचारीको समेत अत्तोपत्तो नभएको मन्त्रीहरुको गुनासो छ ।

मध्यरातमै मोबाइलको टर्च लाइट बालेर शपथ ग्रहण गरेलगत्तै पदभार ग्रहण गरेका मन्त्रीद्वयको प्रदेश २ को प्रशासनिक केन्द्र ‘मधेस भवन’मा न मन्त्रालय छ न त कर्मचारी छन्। महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री सिंहले सामाजिक विकास राज्यमन्त्रीको निजी सचिवालयमा कार्यभार ग्रहण गर्नु भएको थिए। त्यहीँको एउटा कोठामा सिंहको नाम लेखिएको प्लेटसँगै मन्त्रालयको नाम कागजमा प्रिन्ट गरेर टाँस गरिएको छ ।

सामाजिक विकास मन्त्रालय टुक्राएर महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालय बनाइएको थियो। तर मन्त्रालय फुटाइएसँगै अधिकार सीमित भएपछि कोही कर्माचारी नयाँ मन्त्रालय आउन मानि रहेका छैनन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमप्रसाद भुसालले मन्त्रालयका लागि भवन खोजी भइरहेको बताउनु भयो । मन्त्रीको क्वार्टर र मन्त्रालय व्यवस्थापनका लागि अर्थ मन्त्रालयबाट रु ८३ लाख बजेट निकासा गरिएको उहाँले जानकारी दिनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव भुसालका अनु्सार ‘नयाँ मन्त्रालयको सचिव संघीय सरकारले पठाउने भएको हुँदा टुंगो लागेको छैन र साविकको महाशाखालाई मन्त्रालयको कामकाजको जिम्मेवारी तोकिएको छ।’ भने मन्त्रीको निवासका लागि बाहिर घर खोजी भइरहेको छ ।

त्यसैगरी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई टुक्राएर खानेपानी तथा ऊर्जा विकास मन्त्रालय बनाइएको छ। यस मन्त्रालय हाललाई साविकको भौतिक पूर्वाधार राज्य मन्त्रीको कार्यकक्षभित्र राखिएको छ। त्यहीँ भौतिक पूर्वाधारको भन्दा केही सानो बनाएर खानेपानी तथा ऊर्जा विकास मन्त्रालयको बोर्ड झुण्ड्याएको छ। तर कर्मचारी र सचिव नतोकिएका कारण ऊर्जामन्त्री ओमप्रकाश शर्मा पनि मन्त्रालयमा बस्नु भएको छैन ।

मुख्यमन्त्री लालबाबु राउतले सुरुदेखि नै प्रदेशमा जनशक्ति अभाव र सचिवको जथाभावी सरुवाले काम गर्न नसकेको भन्दै संघीय सरकारविरुद्ध बारम्बार आक्रोश पोख्ने गर्नु भएकोथियो । तर मुख्यमन्त्री राउतले अहिले सरकार टिकाउन मन्त्रालय विभाजन गरी नयाँ मन्त्रीहरू नियुक्त गरे पनि मन्त्रालय भवन, कर्मचारी व्यवस्थापन हुन सकिरहेको छैन ।

जसकारण नवनियुक्त मन्त्रीहरू झण्डावाला गाडीमा घुमेर नै समय बिताई रहेका छन् । नयाँ गठन गरिएका मन्त्रालयको समय दुई साता भयो। तर अझै सम्म प्रदेशको वेबसाइटमा विवरण राखिएको छैन । भौतिक पूर्वाधार विकास मन्त्रालयको विवरण सच्याएर मन्त्री रामसरोज यादवको फोटो राखिएको छ, तर नयाँ मन्त्रालयको विवरण वेबसाइटमा छैन।

यद्यपि दुई मन्त्रीहरू आ–आफ्नो गृह जिल्ला र निर्वाचन क्षेत्रमा बधाई तथा सम्मान थाप्न यतिखेर व्यस्त रहेका छन्। सिंहको गृह जिल्ला सर्लाही र शर्माको गृह जिल्ला पर्सा हो।

कांग्रेस नेतृत्वलाई आर्थिक प्रलोभनमा पारेर मन्त्री पद पाएको आरोप लागेका उनीहरूले मन्त्री त बने तर कार्यालय कहिलेदेखि संचालन हुने भन्नेटुंगो नलाग्दा मन्त्रालयको गतिविधि त सुन्य छ नै मन्त्रीहरु पनि बेकामे भएका छन् ।

images
प्रकाशित मिति :आषाढ ९, २०७८ बुधवार - ०९:२९:५४ बजे

एसपी गौरब

लेखक/पत्रकार शंखर पहाडी (गौरब) राष्ट्रिय समाचार समिति (रासस) सर्लाहीका जिल्ला समाचारदाता हुन भने कमलामाई मिडिया प्रालीका अध्यक्ष, सञ्चालक एवम प्रवन्ध निर्देशक हुन ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology