तनहुँ, ३ साउन । तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद कृष्ण कुमार श्रेष्ठ’किसान’ले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका छन् । उनले मन्त्री पाउने लोभमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको चर्चा चलेको छ।
त्यस्तै यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले देउवालाई विश्वासको मत दिएका हुन् । उनीहरु विश्वासको मतको पक्षमा मतदान गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसंगै लबीमा प्रवेश गरेका छन् ।
त्यस्तै डोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद धनबहादुर बुढाले पनि देउवालाई विश्वासको मत दिएका छन् ।