Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

गोरखाको मनकामनामा लडेर सप्तरीका एक युवकको मृत्यु

गोरखाको मनकामनामा लडेर सप्तरीका एक युवकको मृत्यु

इच्छाकामना न्युज

६, श्रावण २०७८
गोरखाको मनकामनामा लडेर सप्तरीका एक युवकको मृत्यु
images

मनकामना, ६ श्रावण ।
गोरखाको शहिद लखन गाउँपालिकाको मनकामनामा लडेर एक युवकको मृत्यु भएको छ । शहिद लखन गाउँपालिका २ को नयाँबारी क्षेत्रमा काम गरेर फर्कने क्रममा भिरबाट लडेर सप्तरी जिल्ला सिसवा वेलही खड्ग नगरपालिका २ निवासी २२ बर्षिय करन बुध चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
नयाँ बारी क्षेत्रमा नै रहेको मनकामना रिट्रिड रिर्सोट एण्ड स्पा प्रालिमा काम गर्ने चौधरी मंगलबार राती काम गरेर फर्कने क्रममा भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी प्रमुख प्रहरी उपरिक्षक शेखर खनालले बताए । ‘सधै राती अबेर सम्म काम गरेर फर्कने गरेको र हिजो पनि राती काम गरेर फर्के पनि डेरामा नपुगेको भन्ने जानकारी प्राप्त भएको’ भन्दै ‘आज खोजी गर्ने क्रममा नयाँबारी क्षेत्रमा नै भिरबाट लडेर ३०-३५ मिटर तल मृत्त अवस्थामा फेला परेको’ प्रहरी उपरिक्षक खनालले बताए ।
चौधरीले मजदुरी गर्दै आएको रिर्सोटका अनुसार उनी प्राय काम सकेर राती डेरामा जाने गरेको र मंगलबार राती डेरामा नपुगे जानकारी प्राप्त भए संगै प्रहरीलाई खबर गरिएको र आज (बुधबार) बिहानै देखी खोजी गर्दा भिरबाट लडेर मृत्त अवस्थामा फेला परेको जानकारी दिए ।
मृत्तक चौधरीको मृत्यु संकास्पद भएको भन्ने आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाले एक विशेष टोली घटना स्थल पठाएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले बताए । घटनाको बिषयमा थप अनुसन्धान भई रहेको कार्यालयले जनाएको छ ।

images
images

images
प्रकाशित मिति :श्रावण ६, २०७८ बुधवार - १६:२६:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology