Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

विश्व हिन्दू परिषद नेपालद्वारा डा.बाबुराम भट्टराई विरूद्ध देशव्यापी प्रदर्शन

विश्व हिन्दू परिषद नेपालद्वारा डा.बाबुराम भट्टराई विरूद्ध देशव्यापी प्रदर्शन

इच्छाकामना न्युज

७, श्रावण २०७८
विश्व हिन्दू परिषद नेपालद्वारा डा.बाबुराम भट्टराई विरूद्ध देशव्यापी प्रदर्शन
images

काठमाण्डौ, ७ साउन । विश्व हिन्दू परिषद नेपालले जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध आज देशव्यापी प्रदर्शन गरेको छ । हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै परिषदले राजविराज, विरगंज जस्ता देशका मुख्य शहरहरूमा प्रदर्शन गरेको हो ।

images
images

विश्व हिन्दू परिषद नेपालका कार्यकर्ता एवं हिन्दूवादी युवाहरुले डा।भट्टराई विरूद्ध नाराबाजी गर्दै पुत्ला समेत जलाएका थिए । बहुसंख्यक सनातन धर्माबलम्बिहरुको आस्थामाथि खेलवाड गर्दै दिईएको उक्त अभद्र टिप्पणीले समस्त सनातनीहरूलाई मर्माहत बनाएको छ । 

विदेशी विधर्मी शक्तिहरूद्वारा सञ्चालित व्यक्ति तथा संगठनहरुले पटक–पटक सनातन धर्माबलम्बीहरुको आस्थासँग खेलवाड गर्दै आएको तथ्य पछिल्लो घटनाक्रले उजागर गरेकै छ । त्यस्ता असमाजिक तत्वहरुको समय मै कानुनी कारवाही हुन नसक्दा उनीहरुको मनोवल झनै बढेको देखिन्छ । हिन्दू विरूद्ध अभद्र टिप्पणी गर्नेलाई यथाशिघ्र कानुनी कारवाही गर्न सम्बन्धित निकाय समक्ष विश्व हिन्दू परिषद नेपाल जोडदार माग गर्दछ ।

साथै सनातन धर्म विरोधी तत्वहरुलाई समय मै पहिचान गरी समाजिक बहिष्कार गर्न सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई विहिप नेपाल हार्दिक अपिल गर्दछ – प्रदर्शनका क्रममा सहभागी परिषदका अधिकारीले वक्तव्य दिएका थिए ।

images
प्रकाशित मिति :श्रावण ७, २०७८ बिहिवार - २१:४०:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology