Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

चितवनमा मृत भेटिएका सेनाका हवल्दारको आफ्नै साथिले हत्या गेरेको खुलासा

चितवनमा मृत भेटिएका सेनाका हवल्दारको आफ्नै साथिले हत्या गेरेको खुलासा

images

इच्छाकामना न्युज

८, श्रावण २०७८
चितवनमा मृत भेटिएका सेनाका हवल्दारको आफ्नै साथिले हत्या गेरेको खुलासा
images

चितवन, ८ श्रावण ।
 चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाडाँ खेतमा बिहिबार बिहान मृत अबस्थामा भेटिएका सेनाका हवल्दारको हत्या संगै काम गर्ने आफ्नै साथिले गरेको खुलेको छ । हत्यामा संलङ्न भएको अभियोगमा भरतपुर महानगरपालिका वडा नम्बर २१ घर भई दि फेमस महेन्द्रदल गण शिबपुरीमा कार्यरत सेनाका जवान २६ वर्षिय गंगाधर ढकाललाई पक्राउ गरि प्रहरीले आज सार्वजनिक गरेको हो । धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १३ घर भई ढकाल संगै दि फेमस महेन्द्रदल गण शिवपुरीमा कार्यरत ३६ वर्षिय भरत गुरुङ मृतअबस्थामा फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलनको आयोजना गरि निज ढकालले जग्गा किन्न भनि आएका गुरुङ्लाई बिहिबार बिहान ५ वजे झोलामा रहेको हतियार निकालेर मोटरसाईकल पछाडी वसिरहेको अबस्थामा गुरुङ्को हत्या गरेको जनाएको छ । सो हतियार नेपाली सेनाको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले निज ढकालले गुरुङ मोटरसाईकलबाट लडेपछि बोकेर ७–८ मिटरको दुरीमा रहेको कुलोमा फालेर फरार भएको जनाकारी दिनुभयो । घटना पछि निज ढकाललाई भरतपुर महानगरपालिकाकै वडा नम्बर २० चनौलीबाट पक्राउ गरिएको उहाँले बताउनुभयो ।
अधिकारीले निज गुरुङ्को खालि चेकबाट रु ९ लाख रकम निकालेर ढकालले रु १ लाख आँफुसंग राखि बाँकी रकम परिवारलाई दिएको समेत बताउनुभयो । प्रारम्भिक अनुसन्धानबाट आर्थिक कारण गुरुङको हत्या भएको बुझिन आएको अधिकारीले जानकारी दिनुभयो । प्रहरीले घटना स्थलमा गोलीको खोका एक थान वरामद गरेको छ । ढकाल पक्राउ पछि प्रहरीले बिसहजारी ताल गेट नजिक एसएमजि हतियार एक थान, त्यसमा लाग्ने गोली सात थान वरामत गरेको छ । गोली निजको दिदिको घर सौराहाचोक टाँडीबाट वरामत गरिएको हो ।

यसैगरि ढकालको परिवारका सदस्यबाट रु ९ लाख वरामद गरिएको छ भने निजको दिदिको सौराहाचोकबाटनै एकथान झोला वरामद गरिएको छ । प्रहरीले निजले प्रयोग गरेको एक थान मोटरसाईकल, लगाएको एक जोर जुत्ता र कम्यावड चुस्ता एक थान बरामद गरेको जनाएको छ । घटना अघि साउन ५ गते गुरुङले ढकाललाई जग्गा पास गर्नु पर्ने भन्दै लिन काठमााडैं बोलाएको र सोही दिन देखि उनिहरु संगै रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।
ढकाललाई मुलुकी अपराध सहिता २०७४ परिच्छेद १२ ज्यान सम्बन्धि कसुर अन्तर्गत दफा १७७ अनुसार जन्मकैदको माग दावि गर्दै मुद्धा दर्ता गरिने अधिकारीले बताउनुभयो ।

images
प्रकाशित मिति :श्रावण ८, २०७८ शुक्रवार - १७:४६:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology