Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

कोरोना प्रभावितका लागि सरकारले विशेष योजना ल्याउने 

कोरोना प्रभावितका लागि सरकारले विशेष योजना ल्याउने 

images

इच्छाकामना न्युज

९, श्रावण २०७८
कोरोना प्रभावितका लागि सरकारले विशेष योजना ल्याउने 
images

काठमाण्डौ, ९ साउन । नेपाल राष्ट्र बैँकले नोबेल कोरोना भाइरस (कोभिड–१९) प्रभावित सर्वसाधारण नागरिक, उद्योगी, व्यवसायी लगायतको समस्यालाई केन्द्रीत गरी विशेष योजना ल्याउने भएको छ ।

आर्थिक तथा वित्तीय परिसूचकहरूको अध्ययन गरी कोरोनाले प्रभावित आर्थिक क्षेत्रको पुनरोत्थानमा सहयोग पु¥याउन योजना बनाइएको र केही दिनमा ल्याइने मौद्रिक नीतिमार्फत सार्वजनिक गरिने राष्ट्र बैँकका प्रवक्ता देवकुमार ढकालले सीआईएनसँग बताउनुभयो ।

तयारी गर्दागर्दै मौद्रिक नीति पूर्व निर्धारित समयभन्दा केही ढिला हुन गएको उल्लेख गर्दै राष्ट्र बैँकले अबको केही दिनमा सार्वजनिक गर्नेगरी नीतिलाई अन्तिम रूप दिइएको जनाएको छ ।

यातायात व्यवसायी, उद्योगी लगायत सरोकारवाला निकायले आफ्ना माग र मुद्दाहरू सम्वोधन गर्नुपर्ने माग गर्दै हिजोआज मन्त्रीदेखि सम्बन्धित अधिकारीसँग भेटघाट गरिरहेका छन् ।

प्रवक्ता ढकालले सरोकारवाला मन्त्रालयसम्म पहुँच नभएका नागरिकका लागि पनि विशेष योजना ल्याइने बताउनुभयो । कोरोना प्रभावित उद्योग व्यवसाय क्षेत्रलाई पनि उच्च प्रभावित, मध्यम र कम प्रभावित क्षेत्रमा छुट्याएर राहत हुने गरी कार्यक्रम ल्याउने तयारी भइरहेको राष्ट्र बैँकले जनाएको छ । 

images
प्रकाशित मिति :श्रावण ९, २०७८ शनिवार - ०८:५३:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology