Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

नेपाली कांग्रेसको १४ औं महाधिवेशन सर्ने निश्चित, मिति अनिश्चित

नेपाली कांग्रेसको १४ औं महाधिवेशन सर्ने निश्चित, मिति अनिश्चित

पत्रपत्रिका

९, श्रावण २०७८
नेपाली कांग्रेसको १४ औं महाधिवेशन सर्ने निश्चित, मिति अनिश्चित
images

काठमाडौं, ९ साउन । नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा पार्टीको शीर्ष तहमा छलफलपछि टुंगो लाग्नेछ । कांग्रेसले पार्टीको सबैभन्दा तल्लो तहको संरचना मानिएको वडा तहको अधिवेशन यही १२ साउनबाट सुरु गर्नेगरी कार्यतालिका बनाएको थियो । सो कार्यतालिका प्रभावित हुने निश्चित भइसकेको छ ।

images
images

अब कांग्रेसको वडा तहको अधिवेशन सार्दा २८ वा २९ साउनमा गर्नेगरी सार्ने तयारी गरिएको छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवानिकट उच्च स्रोतले वडा तहको अधिवेशन साउन अन्तिममा सार्ने विषयमा छलफल भइरहेको जानकारी दिए । तर मिति भने तय भइसकेको छैन ।

यसैगरी, पार्टीको १४औं केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म तय भएकोमा सो मितिसमेत भदौ अन्तिमका लागि सार्ने तयारी भइरहेको छ । १६ भदौबाट तोकिएको केन्द्रीय महाधिवेशन २८ भदौबाट सुरु गर्ने गरी छलफल भइरहेको हो ।

‘वडा अधिवेशन २८ वा २९ साउनमा सुरु गर्ने, त्यो अवस्थामा २७ भदौबाट केन्द्रीय महाधिवेशन सुरु गर्ने विषयमा छलफल भइरहेको छ तर भदौभित्रै महाधिवेशन हुन्छ ।’ कांग्रेस सभापति देउवानिकट उच्च स्रोतले राजधानीसँग भन्यो । कांग्रेस सहमहामन्त्री डा। प्रकाशसरण महतले भने वडा तह र गाउँ नगरको अधिवेशन सर्ने अवस्था रहेको जानकारी दिए ।

‘वडा र गाउँ नगरका अधिवेशन केही दिन सार्ने विषयमा छलफल भइरहेको छ तर अन्तिम मिति चाहिँ सार्न नहुनेमा सभापतिको जोड छ,’ कांग्रेस सहमहामन्त्री महतले भने ।

हाल कांग्रेसभित्र क्रियाशील सदस्यताको विवाद नटुंगिदा महाधिवेशनको पूर्व निर्धारित मिति फेरबदल हुन लागेको हो । समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन ।

images
प्रकाशित मिति :श्रावण ९, २०७८ शनिवार - ०९:१४:०० बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology