Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

एनआरएनए वेल्जियमको निर्वाचनमा कुटाकुट, मतगणना कार्य रोकियो

एनआरएनए वेल्जियमको निर्वाचनमा कुटाकुट, मतगणना कार्य रोकियो

इच्छाकामना न्युज

११, श्रावण २०७८
एनआरएनए वेल्जियमको निर्वाचनमा कुटाकुट, मतगणना कार्य रोकियो
images

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको निर्वाचनमा हानाहान भएको छ । सात वटा बुथमा भएको मतदानमध्ये एन्टर्पेन बुथमा भने मतदानको अन्तिम समयमा झगडा भएको हो ।

images
images

आगामी कार्यकाल २०२१–२३ का लागि नेतृत्व चयन गर्न हुन लागेको चुनावी प्रक्रियाका क्रममा कुटाकुटको अवस्था सिर्जना भएको हो ।

यसपटकको चुनावमा अध्यक्ष पदका लागि उपाध्यक्ष खड्कबहादुर केसी, वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य व्यवसायी अनुजा प्रधान र सीपी भट्टको उम्मेद्वारी परेको छ ।

अध्यक्षको दावी गरिरहेका तीनैजना उम्मेद्वारहरु बेल्जियमका ब्यवसायी हुन् भने भट्ट अघिल्लो एनसीसीमा मनोनित कार्यसमिति सदस्य हुन् ।

निर्वाचनमा हुने विभिन्न पदको लागि कुल ३६ जनाको उमेदवारी परेको छ । केसी समूहबाट १० भन्दा बढी उम्मेदवार निर्विरोध निर्वाचित समेत भइसकेका छन् ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियममा यो पटक नयाँ तथा पुराना गरी २ हजार १६२ जनाले मात्र पंजिकृत सदस्यता लिएका छन् ।

एनआरएनए बेल्जियमको निर्वाचन सातै क्षेत्रमा शान्तिपूर्ण रुपमा भइरहेको थियो । निर्वाचनको समय सकिनै लाग्दा ४ः४५ मा ४–५ जना बिदेशी मुलका ब्यक्तिहरु अकस्मात एन्टर्पेन हलभित्र प्रबेश गरी मतपेटिका तान्ने, फुटाउने गरे ।

सो हलमा मतपेटिका तोडफोड गर्न लागेपछि सुरक्षाकर्मी, निर्वाचन आयुक्त र महिलाहरुले प्रतिरोध गरेका थिए ।

कोषाध्यक्षका उम्मेदवार लोकेन्द्र नेपाल र एनआरएनए बेल्जियमकी पूर्वउपाध्यक्ष सारदा अर्याल, क्षेत्री समाज बेल्जियमकी अध्यक्ष मुना केसीमाथि कुर्सी प्रहार गरी सख्त घाइते बनाएका छन
।

यस्तो घटना किन र कसले घटायो ? भनी हलमा उपस्थित ब्यक्तिहरुलाई सोध्दा ती आक्रमण गर्ने ब्यक्तिहरु केही समयअघि पनि हलमा आएका र उनीहरुलाई यहाँ किन आएको भनी सोध्दा अध्यक्षका उमेदवार चेतप्रसाद भट्टको छोराले बोलाएर आएको भनेको र पछि त्यही ब्यक्तिहरु हलमा प्रवेश गरी आक्रमण भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

निर्वाचन समितिले हलमा प्राप्त भिडियोको आधारमा केही व्यक्तिलाई कानुनी कार्बाहीको लागि बेल्जियम प्रहरीमा जानकारी गराइ सकिएको जानकारी दिएको छ । छिट्टै नै घटना गराउन नियोजित रुपमा भूमिका खेल्ने सबैको मुखुण्डो उतारिने जनाएको छ ।

निर्वान समितिले भनेको छ, ‘निर्वाचनको सम्पूर्ण प्रक्रिया सकिएर ६ वटा क्षेत्रको मतपेटिका निर्वाचनको कार्यालयमा प्राप्त भएको र एन्टर्पेन क्षेत्रको पनि जे जस्तो थियो, त्यही अवस्थामा मुचुल्का तयार गरी राखी अब के गर्ने भन्ने सम्बन्धमा छलफलको लागि निर्वाचन समितिले तिनैजना उमेदवारलाई सरसल्लाहको लागि बोलाउँदा खड्क केसी र अनुजा प्रधान दुईजना उपस्थित भएकोमा उहाँहरु सबै निर्वाचन क्षेत्रीय संयोजक निर्वाचन अनुगमन प्रतिनिधिको रोहबरमा मतपेटिका सुरक्षित ठाउँमा तालाबन्दी गरी राखिएको जानकारी पनि गराउन चाहान्छौं ।’

निर्वाचन समितीको प्रेस बिज्ञ्यप्ती

२५ जुलाई २०२१ का दिन गैर आवासीय नेपाली संघ, बेल्जियमको आठौं राष्ट्रिय महाधिवेशन अन्र्तगतको निवाचनमा बेल्जियमस्थित ७ वटैं निर्वाचन क्षेत्रहरुहरुमा निर्धारित समय विहान ९ः०० वजेदेखि दिउँसो ५ः०० वजेसम्म निर्वाचन सम्पन्न भईरहेको थियो । तर अकस्मात आन्त्र्वोपेन क्षेत्रमा लगभग ४ः४५ वजे विदेशी मूलका मानिसहरु हलभित्र प्रवेश गरी मतपेटिका तानेर त्यसलाई फुटाल्दै भूईँमा छरपष्ट पार्दै वुथ कव्जा गरी मत पेटिका कव्जा गर्ने प्रयास गरियो । त्यसको प्रतिकार गरी मतपेटिकालाई जोगाउनको लागि निर्वाचन स्थलमा उपस्थित एनआरएन सदस्यहरु प्रतिकार गर्न जाँदा उपस्थित दिदीबहिनी तथा दाजुभाईहरु माथि पनि सांघातिक आक्रमण भई घाईते बनाईयो ।

उक्त निर्वाचन वुथ कव्जाको शिलसिलामा आक्रमणकारी व्यक्तिहरुले एक किसिमको केमिकल प्रयोग गरी पूर्व उपाध्यक्ष शारदा अर्याल, साधारण सदस्य मुना के।सीं, यस निर्वाचनमा कोषाध्यक्षको उमेदवार रहनु भएका पुष्प नेपाल ९लोकन्द्र० माथि सांघातिक आक्रमण गरी घाईते बनाइएको छ । त्यस्तै उक्त घटना घट्दै गर्दा सो निन्दनीय कार्यको विरोध गर्दै उनीहरुलाई सम्झाउन जाँदा यस निर्वाचनका निर्वाचन आयुक्त लाई समेत आक्रमण गरी कुटपिट गरिएको छ ।

मतपेटिकालाई फुटाली मतपत्रहरुलाई भूँईमा छिरोली वुथ कव्जा गर्न खोजेता पनि त्यहाँ उपस्थित सचेत एनआरएनका सदस्य साथीहरुले त्यसको प्रतिकार गर्दै आन्त्र्वोपेन क्षेत्रको सवै मटपत्रहरु सुरक्षित राख्दै पुन अर्को वक्सको व्यवस्था गरी सुरक्षित राखिएको छ ।

यसै सिलसिलामा भएको यो घटना घोर निन्दनीय, अपमानजनक र अमानवीय घटनाप्रति निर्वाचन समितिको ध्यानाकार्षण भएको र उक्त घटनालाई कानूनी रुपमा नै अगाडि बढाउने र आक्रमणकारीहरुको पहिचान र उक्त घोर निन्दनीय घटनालाई संचालन गर्ने श्रोतसम्म पहिचान गरी कानुनी उपचारतर्फ जाने निर्वाचन समिति दृढ निर्णय र संकल्प रहेको छ । एनआरएन बेल्जियमका साधारण सदस्यहरुको समेत उक्त कानुनी उपचारको माग रहेको जानकारी गराँउदछौं ।

उक्त आक्रमणकारीहरुको पहिचान खोजी गर्न बेल्जियमको प्रहरी प्रशासन समक्ष उक्त घटनाको तथ्य प्रमाण र भिडियो फुेटजहरु बुझाइ सकिएको छ । साथै प्रहरी प्रशासनको प्रारम्भिक अनुसन्धानमै आक्रमणकारीहरुको पहिचान खुलिसकेको छ र श्रोत संचालक खोजीको लागि प्रहरी प्रशासनले थप समय मागेको जानकारी यहाँहरुलाई गराउन चाहन्छौं ।

उक्त घटना कै सिलसिलामा निर्वाचनमा संलग्न पक्षहरु मध्ये, एक पक्षबाट आएको विज्ञिप्ति प्रति निर्वाचन समितिको गम्भीर ध्यानकर्षण भएको जानकारी गराउँदै अवको बाटो कानुनी बाटो नै भएकोले सम्वद्ध सवैलाई कानुनी उपचार र फैसालको प्रतिक्षा गर्न आग्रह गर्दछौं । बेल्जियम स्थित समस्त मतदाता ज्युहरुले आफ्नो अमुल्य मतदान गरि दिनु भएको सबै मतदाताहरु प्रती हार्दिक धन्यवाद दिदै निर्वाचन समितिको तर्फ बाट मतपत्रहरु एन आर एन ए केन्द्रिय प्रतिनिधिहरु , एन आर एन ए प्रतिनिधि र उम्मेदवारको रोहवरमा मतपेटिका सुरक्षीत रहेको ब्यहोरा समेत यसै बिग्यप्ती द्द्यारा जानकारी गराउदछौ ।

अब कसरी अगाडी बडने बिषयमा आई सी सी र उम्मेद्वार हरू सॅग परामर्ष गरी जानकारी गराउने छौ
धन्यबाद

निर्वाचन सदस्य सचिव शिव कुमार वरुवाल
निर्वाचन आयुक्त लोक दहाल
क्षेत्रीय निर्वाचन सम्योजक पवन सुवेदी

https://www.facebook.com/watch/?v=1194014351023293&t=6

images
प्रकाशित मिति :श्रावण ११, २०७८ सोमवार - ०८:३५:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology