Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

खानामा यस्तो मसलाको प्रयोगले शरीरमा एलर्जीको समस्या निम्त्याउँछ

खानामा यस्तो मसलाको प्रयोगले शरीरमा एलर्जीको समस्या निम्त्याउँछ

इच्छाकामना न्युज

१८, श्रावण २०७८
खानामा यस्तो मसलाको प्रयोगले शरीरमा एलर्जीको समस्या निम्त्याउँछ

हामीले प्रयोग गर्ने खानाले पनि शरीरमा असर पर्न सक्छ । कुनै व्यक्तिका लागि स्वस्थकर मानिने खाना कतिपयका लागि समस्याको कारण बन्छ । त्यसैले यसबारे विशेष ध्यान दिन आवश्यक हुन्छ । पछिल्लो समय होटेल तथा रेस्टुरेन्टमा खाने संस्कार पनि तीव्र गतिमा बढ्दो छ ।

images

रेस्टुरेन्ट होस् वा आफ्नो घरमै तयार पारेको खानेकुरा नै किन नहोस्, यस्ता खाद्यपदार्थको प्रयोग गर्दा आफ्नो स्वास्थ्यलाई पनि ध्यानमा राख्न आवश्यक हुन्छ । कतिपय खानाले एलर्जीको समस्या निम्त्याउन सक्छ । तर, यस्ता परिकारले सबैलाई असर गर्छ भन्नेचाहिँ होइन ।

गहुँ, जौ, र यसबाट बनेका ग्लुटिनयुक्त खाद्यवस्तुबाट एलर्जीको समस्या हुन सक्छ । जस्तो कि पास्ता, नुडल्स, बेकरीका परिकार । अन्डा र अन्डाबाट बनेका विभिन्न परिकारले पनि एलर्जी गराउने सम्भावना हुन्छ । माछा र माछाबाट बनेका विभिन्न परिकार पनि सावधानीका साथ प्रयोग गर्न आवश्यक हुन्छ ।

बदाम र बदामबाट बन्ने परिकारले पनि एलर्जीको समस्या हुन सक्छ । भटमास र भटमासजन्य विभिन्न परिकारबाट पनि एलर्जीको समस्या हुन सक्छ ।
दूध र दूधजन्य पदार्थले पनि कतिपयलाई एलर्जीको समस्या हुन सक्छ ।

ओखर, आल्मन्ड, काजु, ब्राजिलनट, पिकानटजस्ता खाद्यपदार्थले पनि एलर्जी बनाउन सक्छ । कतिपयलाई तिल र तिलबाट बनेका परिकारले पनि एलर्जी गराउने समस्या हुन सक्छ ।

कतिपय मानिसलाई रायोले पनि एलर्जी गराउन सक्छ । त्यस्ता मानिसले रायोबाट बनेका परिकार सेवन नगर्दा राम्रो हुन्छ । भुइँकटर पनि एलर्जी गराउने खाना हो ।

त्यस्तै सल्फरडाइअक्साइड, सुल्फिटेस, लुफिन र मोल्लुस्क्सले पनि मानिसको शरीरमा एलर्जीको समस्या निम्त्याउन सक्छ । समुद्रमा पाइने माछा, लबस्टर, गँगटा, मसल्स, क्लाम्पस, स्कलाप, ओेएस्टरजस्ता खाद्यपदार्थले पनि एलर्जीको समस्या निम्त्याउने सम्भावना हुन्छ ।

images
प्रकाशित मिति :श्रावण १८, २०७८ सोमवार - ०८:३६:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology