Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको सार्वजनिक अभिव्यक्ति कक्षा १२ को परीक्षा अन्योलमा

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको सार्वजनिक अभिव्यक्ति कक्षा १२ को परीक्षा अन्योलमा

पत्रपत्रिका

१९, श्रावण २०७८
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको सार्वजनिक अभिव्यक्ति कक्षा १२ को परीक्षा अन्योलमा
images

काठमाण्डौ, १९ साउन । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि अन्योल सिर्जना भएको छ ।

images
images

प्रश्नपत्र नै तयारी गरिरहेको अवस्थामा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले नै आन्तरिक मूल्यांकनबाट परीक्षा लिन पत्राचार गर्ने बताएपछि शिक्षा मन्त्रालय अनिर्णयको बन्दी बनेको छ ।

राज्यमन्त्रीको भनाइपछि परीक्षाको तयारीमा जुटेको राष्ट्रिय परीक्षा बोर्डलाई परीक्षा तयारी गर्ने वा नगर्ने भन्ने विषयमा समस्या परेको छ । परीक्षाको कार्यक्रम स्थगित गर्ने कि नगर्ने भन्ने विषयमा कुनै जानकारी नआएको बताउँदै बोर्डका सदस्यसचिव दुर्गा अर्यालले स्वास्थ्य मापदण्ड पालना गरी होम सेन्टरमै परीक्षा लिने व्यवस्था गरिएको जानकारी दिए ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कोभिड संक्रमण बढ्दै गएको अवस्थामा कक्षा १२ को परीक्षाको विषयमा छलफलको तयारी भइरहेको बताए । समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :श्रावण १९, २०७८ मंगलवार - ०८:०८:२४ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology