Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

पाकिस्तानले टिकटक माथि प्रतिबन्ध लगायो

पाकिस्तानले टिकटक माथि प्रतिबन्ध लगायो

एजेन्सी

२४, श्रावण २०७८
पाकिस्तानले टिकटक माथि प्रतिबन्ध लगायो

पाकिस्तानले सामाजिक सञ्जाल टिकटक प्रयोगमा पुन प्रतिबन्ध लगाएको छ । प्रयोगकर्ताहरुले टिकटकमा अनुचित भिडियो सामाग्रीहरु बनाउने भन्दै पाकिस्तान दूरसंचारले टिकटक प्रतिबन्ध गरेको हो ।

images

पछिल्लो समय प्रान्तिय अदातलको आदेश अनुसार प्रतिबन्ध गरिएको टिकटकमाथि पाकिस्तानमा यो चौथौ पटकको प्रतिबन्ध हो । अभिव्याक्ति स्वतन्त्रता पक्षधरहरुले भने सरकारले इन्टरनेट र सामाजिक सञ्चालको पहुँचमाथि दमन गरेको भन्दै आलोचना गरेका छन् ।

टिकटकमा अनुचित भिडियो सामाग्रीहरु रोक्न नसकेको कारण प्रतिबन्ध लगाईएको दुरसंचार प्राधिकरणले जनाएको छ । पाकिस्तानस्थित टिकटकको स्थानीय प्रतिनिधि निकायले भने यसबारे केही टिप्पणी गरेको छैन ।

कतिपय प्रयोगकर्ताहरुले सामाग्री बिक्रि र बजारीकरणका लागि समेत प्रयोग गर्दै आएको टिकटकको पाकिस्तानमा ठुलो प्रभाव छ । तर रुढिवादी मुस्लिम मुलुक पाकिस्तानमा टिकटक मार्फत अश्लिल र अनुचित सामाग्रीहरु प्रचार गरेको भन्दै आलोचना हुँदै आएको छ । स्रोतः फ्रान्स ट्वान्टी फोर

images
प्रकाशित मिति :श्रावण २४, २०७८ आइतवार - १०:३२:३४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology