Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

गोरखा धुवाकोटमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आफ्नै बाबु र काका पक्राउ

गोरखा धुवाकोटमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आफ्नै बाबु र काका पक्राउ

इच्छाकामना न्युज

२४, श्रावण २०७८
गोरखा धुवाकोटमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आफ्नै बाबु र काका पक्राउ
images

गोरखा, २४ साउन । पालुङ्टार नगरपालिका वडा नं. ८ धुवाँकोटकी एक बालिकालाई आफ्नै बुबा र काकाले बारम्बार बलात्कार गरी बिरामी बनाएको आरोप लागेको छ ।  ११ बर्षकी मीना कुमारी(नाम परिवर्तित)लाई ३७ बर्षका बुबा मेखराज(नाम परिवर्तित) र काका(लीलाकान्त) ले बलात्कार गरेको आरोप लागेको हो ।

images
images

पटक पटक बलात्कारको शिकार बनेपछि पाठेघरको बिरामी बनेकी मिनाकुमारीले गत असार २७ गते थापाथली अस्पतालमा उपचारको क्रममा फुपू समक्ष सो रहस्य खोलेकी प्रहरीले जनाएको छ ।

श्रीमती परपुरुषसँग बिहे गरी गएपछि एक्लिएका बुबाले आफूलाई घरभित्रै बारम्बार जबर्जस्ती करणी गर्ने गरेको उपचारको क्रममा उनले फुपूलाई बताएकी थिइन् । साथै काकाले समेत गत कात्तिक महिनामा आफूलाई बलात्कार गरेको उनले फुपूलाई बताएकी थिइन् ।

छोरीलाई बलात्कार गरेको आरोपमा पीडित मीनाकुमारीको फुपूले आफ्ना दाजु र भाइ दुवैजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । सोही जाहेरीको आधारमा प्रहरीले मेखराज र लीलाकान्तलाई गत शुक्रबार पक्राउ गरेको छ ।

उनीहरु विरुद्ध जबर्जस्ती करणीको शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी दाहालले जानकारी दिए ।

images
प्रकाशित मिति :श्रावण २४, २०७८ आइतवार - २१:२३:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology