Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

प्रधानमन्त्री कार्यालय अघि बेलायती सेनाका भूपू गोर्खाले थाले आमरण अनशन

प्रधानमन्त्री कार्यालय अघि बेलायती सेनाका भूपू गोर्खाले थाले आमरण अनशन

रासस

२५, श्रावण २०७८
प्रधानमन्त्री कार्यालय अघि बेलायती सेनाका भूपू गोर्खाले थाले आमरण अनशन
images

समान पेन्सन लगायतका माग राखी गत १७ दिनदेखि बेलायती प्रधानमन्त्री कार्यालय नजिक रिले अनशन गरेका भूपु गोर्खाले अन्ततः आमरण अनशन थालेका छन् ।

images
images

विभिन्न समयमा नेपाल र बेलायत सरकारलाई विभिन्न माध्यमबाट आफ्ना मागका बारेमा अवगत गराउँदा पनि सुनुवाइ नभएपछि अन्य सबै विकल्प नरहेको भन्दै आमरण अनशन गर्नुपरेको आमरण अनशनरत एक सदस्य ज्ञानराज राईले बताए ।

नेपाल सरकारले शनिबार गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका संयोजक कृष्णबहादुर राईलाई पत्र लेखी बेलायत सरकारसँग कूटनीतिक तवरबाट संवाद थाली समस्या समाधान गर्ने कुराको अवगत गराउँदै भोक हडताल रोक्न अनुरोध गरेको थियो तर उक्त कुरालाई आन्दोलनरत समूहले अस्वीकार गरेको छ ।

बेलायत सरकारले वार्ताका लागि मिति तोकेर आधिकारिक पत्र नपठाएसम्म भोक हडताल कायमै रहने सत्याग्रह संयुक्त सङ्घर्ष समितिका संयोजक राईले बताए ।

भोक हडतालमा भूपु सैनिक ज्ञानराज राई, पुष्पा घले र धनबहादुर गुरुङ सहभागी छन । बेलायतका विभिन्न नेपाली संस्था र बेलायती नागरिकले समेत आफ्ना कार्यक्रमको पक्षमा ऐक्यबद्धता देखाएको संयोजक राईले बताएका छन ।

गत हप्ता रिले अनशन चलिरहेकै बेला भूपु गोर्खाको हकहितका लागि खोलिएका नेपाली सङ्घसंस्थाका प्रतिनिधिले लन्डनस्थित नेपाली राजदूतावास पुगी राजदूत लोकदर्शन रेग्मीलाई भेटेर अनशनबारे जानकारी गराएको राससले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २५, २०७८ सोमवार - १०:११:२३ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology