Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

युवाको सोँच र सीपलाई उपयोग गर्नुपर्नेमा राष्ट्रपतिको जोड 

युवाको सोँच र सीपलाई उपयोग गर्नुपर्नेमा राष्ट्रपतिको जोड 

इच्छाकामना न्युज

२८, श्रावण २०७८
युवाको सोँच र सीपलाई उपयोग गर्नुपर्नेमा राष्ट्रपतिको जोड 
images

काठमाण्डौ, २७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले युवा विकासलाई उच्च प्राथमिकतामा राखेर उनीहरूमा रहेको ऊर्जा, सोँच र साहसलाई भरपुर उपयोग गर्नुपर्ने बताउनुभएको छ ।

images
images

‘अन्तर्राष्ट्रिय युवा दिवस’ का अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा शुभकामना दिनुहुँदै उहाँले दिगो विकासका लक्ष्य हासिल गर्नका लागि स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गरी युवालाई उत्पादनसँग जोड्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

युवा शक्ति देशको शक्ति हो भन्नुहुँदै उहाँले युवाको काँधमा परिवार, समाज र राष्ट्रको ठूलो जिम्मेवारी रहेको बताउनुभयो । राष्ट्रपति भण्डारीले युवा जनशक्ति बेरोजगार हुँदा मुलुकको समग्र आर्थिक र समाजिक प्रणाली नै अवरुद्ध हुने उल्लेख गर्नुहुँदै युवाको ठूलो पङ्क्ति विदेश पलायन हुँदा दिगो अर्थतन्त्रको विकासका लागि समेत प्रतिकूलता सिर्जना हुन पुग्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले कृषिजन्य पदार्थ र वनजन्य वस्तुको उच्च व्यापार घाटालाई न्यूनीकरण गर्नका लागि युवालाई कृषि क्रान्तिमा सामेल गराउनुपर्ने उल्लेख गर्नुहुँदै युवालाई सीपयुक्त गुुणस्तरीय शिक्षाद्वारा नवप्रवर्तनमा सहभागी गराउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले परिवर्तनका संवाहक युवा भएकाले युुवाको क्षमता विकास गरेर मात्र मुलुकलाई समृद्ध बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले सरकारले युवालक्षित कार्यक्रम ल्याए पनि कार्यन्वयनमा समस्या भएकाले युवाका मुद्दा अझै सम्बोधन हुन नसकेको बताउनुभयो ।

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । सरकारीरूपमा परिषद्को अगुवाइमा विसं २०७३ देखि मनाउन थालिएको हो ।

images
प्रकाशित मिति :श्रावण २८, २०७८ बिहिवार - १९:०६:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology