Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तरकारी संकलन केन्द्र बनेपछि कालीकोटका किसान हर्षित 

तरकारी संकलन केन्द्र बनेपछि कालीकोटका किसान हर्षित 

इच्छाकामना न्युज

२८, श्रावण २०७८
तरकारी संकलन केन्द्र बनेपछि कालीकोटका किसान हर्षित 

हस्त चौलागाइ, कालीकोट, २७ साउन । शुभकालिका गाउँपालिका वडा नं. ५ सुकाटियामा तरकारी संकलन केन्द्र बनेपछि किसान खुसी भएका छन् । टि,डि,एच,विएम जेठ जर्मनीको आर्थिक सहयोग,मानव अधिकार तथा वातावरण विकास केन्द्र(हुरेन्डेक) नेपाल कालिकोटको सहजिकरण तथा शुलभ परियोजनाको समन्वयमा शुभकालिका गाउँपालिका वडा नं. ५ मा तरकारी संकलन केन्द्र बनेको हो ।

images

टि,डि,एच,विएम जेठ जर्मनी(शुलभ परियोजना) को १० लाख सहयोग,स्थानीय जनश्रमदान ३ लाख गरी १३ लाखको लगानीमा तरकारी संकलन केन्द्र बनेको हो । तरकारी संकलन केन्द्र निर्माण भइसकेपछी खापरदेव कृषि सहकारी संस्थाले कृषकको तरकारी संकलन गरी स्थानीय तहसंगको समन्वयमा संकलन केन्द्रबाट तरकारीको बजारीकरण गर्नेछ ।

शुलभ परियोजनाकाका परियोजना संयोजक राजेश गौतमका अनुसार पहिलेको तुलनामा अहिले कृषि खेति गर्ने कृषकहरु बढेको बताएका छन् । तरकारी संकलन केन्द्र निर्माण पछी गरिएको अनुगमनमा संकलन केन्द्रको काम सन्तोषजनक रहेको राजेश गौतमले बताउनु भयो ।

तरकारी संकलन केन्द्र बनेपछी निर्धारण गरिएको दर,भाउ अनुसार कृषकले आफ्नो परिश्रमको फल पाउने भएका छन् ।

images
प्रकाशित मिति :श्रावण २८, २०७८ बिहिवार - २०:१०:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology