Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

जलवायु परिवर्तनको असर, कृषि र दैनिक जिवनमा देखा पर्दै 

जलवायु परिवर्तनको असर, कृषि र दैनिक जिवनमा देखा पर्दै 

इच्छाकामना न्युज

२९, श्रावण २०७८
जलवायु परिवर्तनको असर, कृषि र दैनिक जिवनमा देखा पर्दै 

उषा तामाङ, काठमाडौँ, २९ साउन । नेपालका विभिन्न क्षेत्रमा जलवायु परिवर्तनको असर देखा परिरहेको छ । कृषि उत्पादनदेखि सामान्य जनजिवनमा समेत जलवायु परिवर्तनको असर देखा पर्न थालेको हो ।

images

वन तथा वातावरण मन्त्रालयले भने जलवायु परिवर्तनको असरलाई कम गर्न विद्युतीय सवारी साधन प्रयोगमा जोड दिएको बताएको छ । वन तथा वातावरण मन्त्रालयले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गर्ने खालका कार्यक्रम ल्याएको मन्त्रालयका प्रवक्ता डाक्टर बुद्धिसागर पौडेलले बताउनुभयो ।

जलवायु परिवर्तनको प्रभाव खेती प्रणाली र जनजीवनमा कम गर्न स्थानीयस्तरमै जनचेतना फैलाउनुपर्ने र परम्परागत ज्ञानहरुको अनुकरण गर्नुपर्ने जलवायु परिर्वतन तथा अनुकुलनविज्ञ डाक्टर दीपेन्द्र जोशीले बताउनुभयो । करिब ३० वर्षको समयलाई अध्ययन गरेर जलवायु परिवर्तनको असर पत्ता लगाउन सकिने जोशीले बताउनुभयो ।

स्थानीयस्तरमा रैथाने जातको बाली लगाउने, वन जङ्गलको संरक्षण गर्ने लगाएतका कार्यक्रम स्थानीय सरकारकाबाटै हुनुपर्ने जोशीको सुझाव छ ।  जलवायु परिर्वतनका कारण पछिल्लो केही वर्ष यता कृषि बालीमा विभिन्न किसिमका रोग, किरा लाग्न थालेको ३० वर्षदेखि कृषि पेशा गर्दै आउनुभएका हेटौडा उपमहानगरपालिका १२ का महानन्द सापकोटाले बताउनुभयो ।

गर्मीमा धेरै गर्मी, जाडोमा धेरै जाडो हुने, समयमा हिमपात नहुने, वर्षा नहुने लगायतका असरसमेत देखिने गरेको छ । नेपालमा प्रतिवर्ष औसत ०.०४ डिग्री सेल्सियसका दरले बढिरहेको तापक्रम विश्वव्यापी औसत वृद्धिभन्दा धरै बढी हो ।

त्यसमा पनि उच्च हिमाली र पहाडी क्षेत्रमा तापक्रम वृद्धिको दर अझै उच्च छ । जसका कारण समुदायको जनजीविकामा प्रभाव पर्न थालेको छ । सरकारले २०७६ सालमा राष्ट्रिय जलवायु परिवर्तन नीति लागु गरेपनि तल्लो तहमा कार्यक्रमपुग्न सकेका छैनन् । 

images
प्रकाशित मिति :श्रावण २९, २०७८ शुक्रवार - ०९:४४:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology