Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

कानुनी रुपमा नेकपा (एमाले)का अध्यक्ष केपी ओली नै हुनः स्थायी कमिटि सदस्य पांण्डे

कानुनी रुपमा नेकपा (एमाले)का अध्यक्ष केपी ओली नै हुनः स्थायी कमिटि सदस्य पांण्डे

एसपी गौरब

२९, श्रावण २०७८
कानुनी रुपमा नेकपा (एमाले)का अध्यक्ष केपी ओली नै हुनः स्थायी कमिटि सदस्य पांण्डे
images

सर्लाही, २९ साउन । महाधिवेशनबाट आएका र कानुनी हिसावले नेकपा (एमाले)को आधिकारीक अध्यक्ष केपी शर्मा ओली नै रहेको नेकपा (एमाले)का स्थायी कमिटि सदस्य तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताए। अधिकारीक नेकपा (एमाले) केपी शर्मा ओलीले नेतृत्व गर्नु भएको हो की माधब कुमार नेपालले नेतृत्व गरेको हो ? भन्ने पत्रकारहरुको प्रश्नमा पुर्व मन्त्री तथा स्थायी कमिटि सदस्य पाण्डेले यस्तो बताएको हो ।

images
images

राजनैतिक हिसाबले नेकपा (एमाले) माधब कुमार नेपालले नेतृत्व गरेको भएता पनि महाधिवेशनबाट आएका र कानुनी हिसावले नेकपा (एमाले)को आधिकारीक अध्यक्ष ओली नै रहेको पुर्व मन्त्री तथा स्थायी कमिटि सदस्य पाण्डेले बताए।

231821364_551626036278868_7858864390452058485_n.jpg

उनले माधब कुमार नेपाल र केपी शर्मा ओलीका विचमा नेकपा (एमाले)  लाई थप मजबुत बनाएर लैजाने विषयमा छलफल भई रहेको र चाँडै नै पार्टी एक ढिक्का हुने बताए। प्रेस चौतारी नेपाल सर्लाहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न सर्लाही आएका पुर्व मन्त्री तथा स्थायी कमिटि सदस्य पाण्डेले मिडियाले हल्ला गरे जस्तो नेकपा (एमाले) आजै फुट्यो अहिलै फुट्यो भने झैँ नरहेको र पार्टीले एक कार्यदल बनाएर पार्टीलाई एक ढिक्का बनाएर लैजाने विषयमा गंभिर ढंगले छलफल गरिरहेको बताए।

उनले एमसिसि पारित गर्ने वा नगर्ने भन्ने विषय सरकारले छलफल गरेर गर्नु पर्नेमा सरकारले संसदलमा लगेको बताउँदै नेपाललाई अरु विदेशी सहयोगी संस्थाहरुले सहयोग गर्दा गरेको सम्झौता  भन्दा फरक र राष्ट्रहित विपरित केही बुँदाहरु रहेमा ती बुँदाहरु संसोधन गरि छलफल गरेर पारित गर्न सक्ने विषयमा छलफल हुने पनि बताए। 

232100470_807704836581929_1307247904579535757_n.jpg

नेपालको अर्थतन्त्र परम्परागत शैलीको रहेको भन्दै देशको अर्थतन्त्र उकास्न रोजगारी सृजना गर्नु र निर्यातलाई प्राथमिकता दिनु नै महत्वपुर्ण हुने बताए। सितैमा खान कसैले पनि नदिने बताउँदै एमसिसि पारित गर्दा अमेरीकाले पनि केही स्वार्थ पुरा गर्ने भएकाले राष्ट्रियहित विपरित भएमा छलफल गरि संसोधन गरेर पारित गर्न सकिने उनको भनाई छ ।

पत्रकार भेटघाट कार्यक्रममा पुर्व खेलकुद मन्त्री पुर्षोतम पौडेल, नेकपा (एमाले) सर्लाहीका अध्यक्ष रेवती पन्त, प्रदेश सभा सदस्यद्वय डिल्ली प्रसाद उप्रेती,बेची लुङ्गेली,पुर्व सांसद रन्जना सरकार, सर्लाहीका विभिन्न स्थानिय निकायका प्रमुख तथा उप प्रमुखहरु र जनप्रतिनिधिहरुका साथै नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

images
प्रकाशित मिति :श्रावण २९, २०७८ शुक्रवार - २०:२२:१० बजे

एसपी गौरब

लेखक/पत्रकार शंखर पहाडी (गौरब) राष्ट्रिय समाचार समिति (रासस) सर्लाहीका जिल्ला समाचारदाता हुन भने कमलामाई मिडिया प्रालीका अध्यक्ष, सञ्चालक एवम प्रवन्ध निर्देशक हुन ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology