Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गोरखाको बारपाक सुलिकोट गापाको ५ नं. वडामा माओबादी केन्द्र र एमाले बिच फेरि एकता

गोरखाको बारपाक सुलिकोट गापाको ५ नं. वडामा माओबादी केन्द्र र एमाले बिच फेरि एकता

इच्छाकामना न्युज

२९, श्रावण २०७८
गोरखाको बारपाक सुलिकोट गापाको ५ नं. वडामा माओबादी केन्द्र र एमाले बिच फेरि एकता

गोरखा २९, साउन । सर्वोच्च अदातलको निर्णयपछि देशभर एमाले र माओबादी बिच बिभाजन भएपनि गोरखाको एक वडामा भने फेरि एकता भएको छ । जिल्लाको  बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ५ ताकु माँझ लाकुरीबोटमा एमाले र माओवादीबीचको एकता कायम गर्दै नेकपा (माओवादी केन्द्र) वडा कमिटि पुनर्गठन भएको हो ।

images

लाकुरीबोटमा भएको माओवादी केन्द्रको बैठकमा एमालेका नेता–कार्यकर्ताहरुसमेत सहभागी भई केन्द्रमा एमाले माओवादी बिभाजन भइरहदा तामालाबोटमा सवै कम्युनिष्ट माओवादी केन्द्रमा संमाहित भई एकतालाई निरन्तरता गरेर जाने घोषणा सहित माओवादी केन्द्र पुनर्गठन भएको हो ।

तत्कालिन एमाले र माओवादी केन्द्र बीच एकता हुदा बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कमिटी सर्वोच्च अदालतको फैसला पश्चात् साबिकको पार्टीहरु एमाले र माओवादी केन्द्रमा नै रुपान्तरण भएपछि माओवादी केन्द्रले देशभरका वडा कमिटिहरु साउन मसान्तभित्र पुनर्गठन गरेर केन्द्रमा पठाउने सर्कुलर छ, सोही अनुसार माओवादी केन्द्र वडा कमिटि पुनर्गठन अभियानमा लागेको छ ।

यसक्रममा बारपाक सुलिकोट–५ को तामालाबोटमा वडा कमिटि आइतबार बिस्तारित बैठक मार्फत पुनर्गठन गरेको हो । पुनर्गठन कार्यक्रममा एमालेका नेता शिव खड्काले केन्द्रमा जे भएपनि तामालाबोटमा एकताबद्ध भएर गाउँ बिकास र उत्पीडित जनताको अधिकारको लागि क्रियाशिल हुने भन्दै एमालेका नेता–कार्यकर्ताहरु माओवादी केन्द्रमा रहने निर्णयमा पुगेको जानकारी दिनुभयो ।

बैठकमा साबिक नेकपामा एमालेबाट अध्यक्ष बनेका शिब खड्काले आफू र आफ्नो नेताकार्यकर्ताहरु माओवादी केन्द्रमा नै संमाहित भएको भन्दै खड्काकै नेतृत्वमा २९ सदस्यीय माओवादी केन्द्र ५ नम्ब वडा पार्टी कमिटि पुनर्गठन भएको छ । माओवादी केन्द्रका प्रदेश कमिटि सदस्यद्वय बिष्णु प्रसाद भट्ट, भगवती तिवारी र बारपाक सुलिकोट गाउँपालिका पार्टी कमिटिका अध्यक्ष नरबहादुर गुरुङको उपस्थितिमा भएको बैठकले वडामा रहेको जातीय क्लष्टर, दलित २ प्रतिसत र महिला ३५ प्रतिसत सहभागिताको थप सुनिश्चितता गर्दै वडा कमिटि पुनर्गठन गरेको हो ।

नवगठित कमिटिको सचिवमा भोजबहादुर पाठक चयन हुनुभएको छ । सदस्यहरुमा पदम थापा, दिलबहादुर थापा, मिना पाठक, कुमारी पाठक, चित्रबहादुर थापा, बालनरसिं थापा, बलराम थापा, चेतमान परियार, कृष्ण आले, ताराबहादुर गुरुङ, तुलसीप्रसाद भट्ट, गिरबहादुर खत्री, उजेली गुरुङ, इन्दिरा भट्ट, भगवान भट्ट, राजु श्रेष्ठ, बिमला बराम, दिनेश सापकोटा, राजु बगाले, तोपमान गुरुङ, सुकबहादुर बराम, इन्द्रबहादुर गुरुङ, खरिता बराम, सुजन गुरुङ लगायत चयन भएका छन्। त्यस्तैगरी बैठकले ११ सदस्यीय सल्लाहकार कमिटि समेत चयन गरेको छ । यसअघि अध्यक्ष खड्का एमालेमा समेत पार्टीको वडा कमिटिको अध्यक्ष हुनुहुन्थ्यो ।

images
प्रकाशित मिति :श्रावण २९, २०७८ शुक्रवार - २०:४८:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology