Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कमलामाई मिडिया प्रालिद्धारा ट्राफिक व्यावस्थापनमा ध्यान दिन भन्दै ध्यानाकर्षण पत्र पेश

कमलामाई मिडिया प्रालिद्धारा ट्राफिक व्यावस्थापनमा ध्यान दिन भन्दै ध्यानाकर्षण पत्र पेश

इच्छाकामना न्युज

१, भाद्र २०७८
कमलामाई मिडिया प्रालिद्धारा ट्राफिक व्यावस्थापनमा ध्यान दिन भन्दै ध्यानाकर्षण पत्र पेश

सर्लाही, १ भदौ । 
कमलामाई मिडिया प्रालिले सर्लाहीको ट्राफिक व्यवस्थापनमा ध्यान दिन भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही मार्फत प्रदेश प्रहरी र प्रदेश ट्राफिक प्रहरी कार्यालयको ध्यानाकर्षण गराएको छ ।

images

कमलामाई मिडिया प्रालिका अध्यक्ष,सञ्चालक तथा प्रवन्ध निर्देशक शंखर पहाडी (गौरब) द्वारा हस्ताक्षरीत ध्यानाकर्षण पत्रमा पुर्व पश्चीम लोकमार्गमा सञ्चालीत साना तथा ठुला सवारी साधनहरुले मार्ने प्रेस हर्न,तिब्रगति,अव्यवस्थीत पार्किङ्ग र भारतिय नम्बर प्लेटका सवारी साधनहरुका कारण सवारी दुर्घटना बढेको साथै ध्वनी प्रदुषण र तिव्रगतिका कारण आफुहरु आजित भएको स्थानिय नागरिकको गुनासो आएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक कोदारमान दोङ मार्फत जिल्ला प्रहरी कार्यालय सर्लाही,प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश २ पथलैया, प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर २ जनकपुरधामलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

अव्यवस्थीत पार्किङ,प्रेस हर्न र तिव्रगतिमा सवारी साधनहरु सञ्चाल हुँदा दुर्घटनाहरु बढेको स्मरण गराउँदै भारतिय नम्बर प्लेटका सवारी साधनहरुका कारण दुर्घटना भएर पनि सवारी साधनहरु भागेमा पीडित थप समसयामा पर्ने गरेका भन्दै  जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक कोदारमान दोङ मार्फत जिल्ला प्रहरी कार्यालय सर्लाही,प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश २ पथलैया,प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर २ जनकपुरधामलाई ध्यानाकर्षण पत्र बुझाएको  कमलामाई मिडिया प्रालिका अध्यक्ष,सञ्चालक तथा प्रवन्ध निर्देशक शंखर पहाडी (गौरब) ले बताउनु भयो ।

पहिलो चरणमा आफुहरुले मौखिक रुपमा जानकारी गराएको र मौखिक रुपमा जानकारी गराएको विषयमाथ िमौन बसेका कारण दोस्रो चरणमा  ध्यानाकर्षण पत्र बुझाएको कमलामाई मिडिया प्रालिका अध्यक्ष,सञ्चालक तथा प्रवन्ध निर्देशक शंखर पहाडी (गौरब) ले बताउनु भयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही,जिल्ला प्रहरी कार्यालय सर्लाही,प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश २ पथलैया,प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर २ जनकपुरधामले नागरिकहरुको माग सम्बोधन नगरे माथिल्लो निकायमा जान बाध्य हुने उहाँले बताउनु भयो ।

images
प्रकाशित मिति :भाद्र १, २०७८ मंगलवार - २२:१४:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology