Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आज एकै दिन ५ हजार भन्दा बढीले गरे मनकामना मन्दिरको दर्शन

आज एकै दिन ५ हजार भन्दा बढीले गरे मनकामना मन्दिरको दर्शन

images

इच्छाकामना न्युज

२, आश्विन २०७८
आज एकै दिन ५ हजार भन्दा बढीले गरे मनकामना मन्दिरको दर्शन
images

कुरिनटार, २ असोज । प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा दर्शनार्थीहरुको आवगमनमा वृद्धि हुदैँ गएको छ । आज मात्र पाँच हजार भन्दा बढीले मनकामना मन्दिर दर्शन गरेका छन् ।

केबलकार र सडक मार्ग मार्फत पाँच हजार भन्दा बढी दर्शनार्थी मनकामना मन्दिर पुगेको मन्दिरका मुल पुजारी इनशान थापा मगरले बताउनुभयो । केबलकार चढेर मात्र चार हजार ७०८ जना मनकामना मन्दिर पुगेको मनकामना केबलकारका अपरेसन एण्ड मेन्टिनेन्स हेड (इन्जिनियर) सुनिल कर्मचार्यले जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण बन्द भएको मनकामना मन्दिर खुला गरेसँगै गत भदौ २३ गतेदेखि मनकामना केबलकार पनि सञ्चालनमा आएका हुन् ।
स्वास्थ्य मापदण्ड अपनाएर हेल्थ डेस्क समेत स्थापना गरि मनकामना मन्दिर दर्शनार्थीका लागि खुला गरिएको हो । केबलकार पनि पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गरि सञ्चालन गरिएको मनकामना दर्शन प्रा. लि. ले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन २, २०७८ शनिवार - २०:५८:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology