Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

दुई तिहाई भन्दा बढी मत ल्याएर व्यास नगर सभापति जित्नेमा ढुक्क छु –सभापतिका उम्मेद्वार अधिकारी

दुई तिहाई भन्दा बढी मत ल्याएर व्यास नगर सभापति जित्नेमा ढुक्क छु –सभापतिका उम्मेद्वार अधिकारी

इच्छाकामना न्युज

८, आश्विन २०७८
दुई तिहाई भन्दा बढी मत ल्याएर व्यास नगर सभापति जित्नेमा ढुक्क छु –सभापतिका उम्मेद्वार अधिकारी
images

दमौली ८ असोज । नेपाली काँग्रेसको व्यास नगर सभापतिमा उम्मेद्वारी घोषणा गरेका डम्बरबहादुर अधिकारीले भेटघाट र छलफललाई तिब्रता दिईरहेका छन् । उनले क्षेत्रिय प्रतिनिधीलाई अमूल्य मत प्रदान गरी विजयी गराउन आग्रह गर्दै मत खेर जान नदिने प्रतिबद्धता गरेका छन् । ‘‘पदको लागि मात्रै हैन काम गर्नको लागि उम्मेद्वारी दिएको हुँ मलाई विजयी गराउनुहोस् मत खेर जान दिन्न’’ अधिकारीले भनेका छन् ।

images
images

उम्मेदवारीको लागि १० जनाले आकांक्षा देखाएपनि धेरै जनाले मैदान छाडिसकेका छन् तर अधिकारी सतीसाल झैं अडिग भएर पछाडी हटेका छैनन् । अधिकारीले पहिले उम्मेद्वारी घोषणा गरेका थिए । उनले नगरपालकाका १४ वटै वडामा व्यवस्थित ढंगले आफ्नै भवनमा पार्टी कार्यालय सञ्चालन गर्ने, संगठन सुदृढीकरणको लागि प्रत्येक वडामा प्रशिक्षण कार्यक्रम र आपत विपतमा परेका कार्यकतालाई सहयोगको लागि कोष स्थापना गर्ने, आगामी निर्वाचनमा स्थानीय तहमा प्रमुख, उपप्रमुख सहित १४ वटै पाटीका उम्मेद्वारलाई भारी मतले विजय गराउन तथा प्रदेश तथा केन्द्र तहको निर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अग्रहलाई सम्मान गर्दै राजनीतिमा युवा सहभागितालाई बढाउन उम्मेद्वारी दिएको अधिकारीले प्रतिबद्धता जनाएका छन् ।

आदिकवि भानुभक्त क्याम्पसलाई सरकारी बनाउन प्रधानमन्त्रीलाई भेटेर पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन् । यसैगरी अधिकारीले पार्टीको १४ औं अधिवेशनमा परापूर्व कालदेखि नै चलिआएको सनातन हिन्दु, सस्कृतिको संरक्षणको एजेन्डालाई शसक्त ढङ्गले उजागर गर्ने, पार्टीका नेता तथा कार्यकताहरुलाई आय आर्जनको पाटो तर्फ जोड्ने, आपत विपद्मा परेका पार्टी कार्यकर्तालाई सहयोगको लागि कोष स्थापना गर्ने लगायतको अधिकारीले प्रतिबद्धता जनाएका छन् । कार्यकर्ताहरुको सल्लाह र सुझावलाई आत्मसात गर्दै युवा लक्षित राजनीतिक कार्यक्रमले मात्र अबको निकास र नगरको विकासमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने हुँदा सम्पुर्ण युवाहरुलाई साथमा लिएर व्यास नगर कांग्रेसलाई एक ढिक्का बनाउन आफ्नो उम्मेदवारी दिएको अधिकारीको  भनाइ छ ।

अधिकारी नगरको सहसचिव हुन् । उनी १० वर्षको उमेरमा २०४६ सालको जनआन्दोलनमा सहभागी भएका थिए । बाल्यकालमा अध्ययन गर्दा देखी अधिकारीको काँग्रेस प्रति झुकाव रहेको थियो । अधिकारी व्यास नगरपालिका १ स्थित जलदेवी माध्यामिक विद्यालयको नेविसंघको सदस्य तथा निर्मल माध्यामिक विद्यालयको इकाई सभापति भएका थिए ।  उच्च शिक्षा अध्ययन गर्ने क्रममा पृथ्वीनारायण  क्याम्पसमा नेविसंघको इकाईको सदस्य भएका थिए । उनी राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा राजधानीमा आयोजित विरोध कार्यक्रममा सहभागी हुँदा प्रहरीद्धारा गिरफ्तारी मा परेका थिए । प्रेस स्वतन्त्रताको आन्दोलनमा निरन्तर सहभागिता जनाएका अधिकारी नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष हुन् । आफू जितको नजिक पुगिसकेको अधिकारीले बताएका छन् । सबैको साथ हौंसला र सहयोगले मनमा उत्साह जागेको छ दुई तिहाई भन्दा बढी मत ल्याएर जिप्नेमा ढुक्क छु’’अधिकारी भने ।

images
प्रकाशित मिति :आश्विन ८, २०७८ शुक्रवार - १९:११:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology