Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

इच्छाकामनाका चन्द्र बहादुर परियार नेपाली कांग्रेसमा प्रवेश गरेको दुई महिनामै पुनः एमालेमा फिर्ता 

इच्छाकामनाका चन्द्र बहादुर परियार नेपाली कांग्रेसमा प्रवेश गरेको दुई महिनामै पुनः एमालेमा फिर्ता 

इच्छाकामना न्युज

१०, आश्विन २०७८
इच्छाकामनाका चन्द्र बहादुर परियार नेपाली कांग्रेसमा प्रवेश गरेको दुई महिनामै पुनः एमालेमा फिर्ता 

कुरिनटार, १० असोज । स्थानीय चुनाव नजिकिदै जादा देशभर राजनैतिक सर्गर्मी ह्वात्तै बढेको छ। नेपाल कम्युनिस्ट पार्टी फुटबाट गुज्रदै गर्दा कम्युनिस्ट परित्याग गरि अन्यमा प्रवेश गर्ने र अन्य छोडेर कम्युनिस्टमा पार्टी प्रवेश गर्नेको लहर नै चलिरहदा इच्छाकामनामा पनि त्यस्को प्रष्ट प्रभाव देखिएको छ। 

images

चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा लामो समय कम्युनिस्ट राजनितिमा सक्रिय नेकपा एमाले जिल्ला सदस्य तथा एमाले दलित संबद्ध भातृ संगठन इच्छाकामनाका संयोजक समेत रहेका चन्द्र बहादुर परियार गत श्रावणमा एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेकोमा आज एक बिज्ञपति जारी गर्दै पुन आफ्नो पुरानो पार्टी एमालेमै फर्किएको जानकारी गराएका छन।

आफुलाइ प्रभोलनमा पारी झुक्याएर कांग्रेसमा प्रवेश गराएकोमा पछि आफुले मनन गरि कांग्रेस बाट परिवर्तन सम्भावना नभएको मूल्याकंन गर्दै आत्माआलोचना सहित आफ्नै मातृ पार्टी र संगठनको जिम्मेवारिमा फर्किएको उहाँ द्वारा हस्ताक्षरित बिज्ञप्ति मार्फत जानकारी गराइएको छ। 

नेकपा एमाले जिल्ला पार्टी कार्यलय चितवनमा एक अनौपचारिक कार्यक्रम बिच उहाले बिज्ञप्ति जारी गर्दै एमालेका नेतृत्व बर्ग सङ सामुहिक तस्बिर खिचाउदै उहाँ पुन एमालेमा फर्किनु भएको हो।

images
प्रकाशित मिति :आश्विन १०, २०७८ आइतवार - २०:४८:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology