मनकामना, २६ असोज । जिल्लाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा आउने दर्शनार्थीहरुलाई लक्षित गर्दै मनकामना बजारमा कोशेली घरको स्थापना गरिएको छ। स्थानीय उद्यमी महिलाहरुको सक्रियतामा मनकामना कोसेली एग्रो कन्सर्न (मनकामना कोसेली घर) स्थापना भएको हो।

कोसेली घरको सोमबार एक कार्यक्रमका बिच शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले समुद्घाटन गरेका छन्। कोसेली घरमा स्थानीय उद्यमी महिलाहरुले स्थानीय स्तरमा उत्पादन गरेका अर्गानिक वस्तुहरु बिक्रीका लागि राखिने महिला समूहकी सदस्य राम माया श्रेष्ठले बताइन ।
