Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

भारतका वित्त राज्यमन्त्री पंकज चौधरीद्वारा मनकामना मन्दिरको दर्शन

भारतका वित्त राज्यमन्त्री पंकज चौधरीद्वारा मनकामना मन्दिरको दर्शन

images

इच्छाकामना न्युज

३१, आश्विन २०७८
भारतका वित्त राज्यमन्त्री पंकज चौधरीद्वारा मनकामना मन्दिरको दर्शन
images

मनकामना, ३१ असोज । भारतका वित्त राज्यमन्त्री पंकज चौधरीले मनकामना मन्दिरको दर्शन गरेका छन् । आइतबार दिउँसो करिब साडे ३ बजे चौधरी मनकामना मन्दिर पुगेका थिए । ‘दर्शनका लागि आउनुभएको रहेछ, करिब ५ मिनेट पूजा गर्नुभयो, आधा घण्टा मन्दिर क्षेत्र घुमेर फर्कनुभयो,’ मनकामना मन्दिरका पुजारी इन्सान थापाले भने ।  

उनको भ्रमण धार्मिक र निजी रहेको बताइएको छ । मन्त्री चौधरीलाई लक्षित गरी आइतबार दिउँसो मनकामना क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो । मन्दिर दर्शनसँगै चौधरी सहितको टोलीले केबलकारको तल्लो स्टेसनमा केहीबेर बिताएका छन् । मन्त्री चौधरी आइतबार राति चितवनको रिभरसाइड रिसोर्टमा बास बस्ने तय भएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी ओम अधिकारीले बताए ।

उनी बास बस्ने रिसोर्ट क्षेत्रमा पनि सुरक्षा व्यवस्था मजबुद पारिएको सुरक्षा स्रोतले जनाएको छ । उनी सुनौली भरहवा स्थलमार्ग हुँदै मनकामना दर्शनका लागि आएका हुन् । उनी भारतीय जनता पार्टीका नेतासमेत हुन् ।

images
प्रकाशित मिति :आश्विन ३१, २०७८ आइतवार - १८:४१:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology