काठमाण्डौ, १३ कार्तिक । नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ। निगम संचालक समितिको शुक्रबार बसेको बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सबै प्रकारका इन्धनमा मूल्य बढाएको हो ।
निगमका अनुसार खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर ५० रूपैयाँ बढेको छ। अब ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार पाँच सय रूपैयाँ पर्नेछ । त्यसैगरी काठमाडौं उपत्यकामा ९निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरको क्षेत्रमा० पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३र३ रूपैयाँ बढेको छ।
योसँगै पेट्रोल अब १३३ रूपैयाँ प्रतिलिटर पर्नेछ।डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११६ रूपैयाँ पुगेको छ। त्यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर दस रूपैयाँ बढेर ९६ रूपैयाँ पुगेको छ।
